शनिबार मङ्सिर २ , २०७४

फेसबुक

RJ Profile

View All

About Us

About Us

 

<p p="\\\&quot;\\\&quot;" justify;\\\"="" style="text-align: justify;"> सामुदायिक रेडियो नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्ज
                            महामण्डल २ नुवाकोट


नेपाल शान्ति एंव.बिकास केन्द्र कल्याणपुर नुवाकोट द्वारा सञ्चालित सामुदायिक रेडियो नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहजले २०६५ असोज  २० गतेबाट परीक्षण प्रसारण गरी २०६५ माघ १ गतेबाट औपचारिक प्रसारण सुरू गरेको हो ।
जिल्ला प्रसाशन  कार्यालय नुवाकोटंमा दर्ता नं. १÷०६४÷०६५ रहेको नेपाल शान्ति एंव.बिकास केन्द संस्था लि.को नामबाट राष्ट्रिय प्रसारण ऐन २०५२ अनुसार नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्जले नेपाल सरकारबाट एफ.एफ. रेडियो प्रसारण इजाजत–पत्र नं ३२१ ÷०६४÷०६५ प्राप्त गरेको थियो । जनआन्दोलन २०६२÷०६३ मा नेपालका स्वतन्त्र रेडियोहरूले खेलेको भूमिकाबाट पे्ररित भई समुदायको सशक्तीकरण र विकासमा सहयोग पु¥याउने उद्देश्यले नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्ज स्थापना भएको हो । समुदायमा रहेको सीप, शक्ति र ऊर्जालाई नयाँ नेपाल निर्माणमा प्रयोग गर्न सकिन्छ भन्ने विश्वास नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्जसँग छ । हाम्रो देशको अवस्था अनुरूप सूचना, शिक्षा, सीप र ज्ञान सबैमा सजिलै पु¥याउन सक्ने लोकप्रिय माध्यम रेडियो हो । रेडियोको शक्तिलाई राज्यको मूलधारमा नसमेटिएका दुर्गम र आर्थिक अवसरबाट वञ्चित समुदायको हितमा प्रयोग गरी सामाजिक रूपान्तरमा सहयोग पु¥याउन सकिन्छ । यही मान्यतालाई आत्मसात गर्दै ‘ग्रामिण बिकास  लागि सामुदायिक रेडियो’का लागि नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्ज सञ्चालन गरिएको हो ।

रेडियोलाई सामान्य मनोरञ्जनको साधन बनाउने वा विज्ञापन प्रसारण गरेर पैसा कमाउने भन्दा फरक यसले सामाजिक उत्तरदायित्व र कर्तव्य पनि लिएको छ । नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्ज  समावेशी विचार र संस्कृतिको प्रवद्र्धन गर्ने स्टेसन हो । नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्जले मूलतः जिल्लाभर र आसपासका छिमेकी जिल्लालाई लक्षित गरेर समाचार र कार्यक्रमहरू तयार गरे पनि धादिङ, रसुवा,सिन्धुपाल्चोक र काभ्रेपलान्चोक   लगायत  जिल्लामा यसको प्रसारण पहुँच रहेको छ ।

रेडियोका कार्यक्रम
नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्ज  सूचना, समाचार र  शिक्षामूलक कार्यक्रमहरू मार्फत समुदायलाई सशक्त बनाउने रेडियो हो । समुदायको सूचनाको हक, विचार एवं अभिव्यक्तिको स्वतन्त्रतालाई रेडियोले महत्व दिँदै आएको छ । स्थानीय विषयवस्तुलाई उच्च प्राथमिकता दिने एवं रेडियोको प्रभाव क्षेत्रमा बोलिने मातृभाषाको संख्यालाई आधार मानेर तामाङ, लगायत भाषामा समाचार र कार्यक्रम प्रसारण गर्दै आएको छ । समुदायलाई आत्मनिर्भर, स्वावलम्बी र पेसा व्यवसायमा सहयोग पु¥याउने कार्यक्रम रेडियोले प्रसारण गरेको छ

महिला, दलित, जनजाती एवं सामाजिक समावेशीकरण सम्बन्धी कार्यक्रम
 समाजमा रहेका असमानता र विभेदको अन्त्य गरी सबैले समान नागरिकको हैसियत, सम्मान, प्रतिष्ठा र अवसरको सिर्जना गर्न नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्जले सामाजिक समावेशीकरणका कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस्ता कार्यक्रमले नागरिकलाई जागरुक र सशक्त बनाउनुका साथै नीति निर्मातालाई झक्झक्याउन सक्दछ । महिलाहरुमाथि हुने भेदभाव, हिंसा र असमान व्यवहारलाई परिवर्तन गर्न महिला अधिकार र लैङ्गिक समानताको सवालहरु रेडियोमा प्रशारण हुँदै आएको  छ । दलित, आदिवासी जनजाती, पछाडि पारिएका वर्ग र समुदायको अधिकार एवं उनीहरुको पहिचान दिलाउने  कार्यक्रमहरु नियमित रुपमा संचालन भइरहेका छन् ।

आर्थिक विकास र सुशासनसम्बन्धी कार्यक्रम
नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्ज  समुदायको आर्थिक विकास, सुशासन र सामाजिक रूपान्तरणका निम्ति समर्पित रेडियो हो । सहकारीको विकास, घरेलु तथा साना उद्योग, कृषि, भौतिक पूर्वाधार, प्राकृतिक स्रोतमाथि समुदायको अधिकार, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, वन वातावरण, जलवायु परिवर्तन,प्रकोपसम्वन्धी जानकारी एवं समुदायको सहभागितामा सञ्चालित सकारात्मक सिकाइका कार्यक्रमहरु महत्वका साथ प्रसारण हुदै आएको छ । स्थानीय सेवा प्रदायी निकाय र सेवाग्राहीबीच दोहोरो संवादमार्फत सुशाासनलाई बलियो बनाउने एवं सार्वजनिक हितका  विचार,सूचना समुदायसम्म पु¥याउने कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

गीत संगीत
नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्जमा नेपाली लोकसंगीत, विभिन्न समयका आधुनिक गीतहरू प्रसारण हुन्छन् । कुनै जाति, समुदाय, वर्ग र क्षेत्रलाई होच्याउने, अपमान गर्ने एवं सामाजिक सद्भाव र मेलमिलापलाई असर पु¥याउने गीत संगीतलाई निरुत्साहित गरिएको  छ । राम्रा गीत संगीतको छनौट गरेर मात्र रेडियोबाट प्रसारण गरिन्छ । स्थानीय कलाकारहरुलाइ प्रोत्साहन गर्न प्रत्यक्ष सहभागितामूलक  सिर्जनात्मक सांगितिक कार्यक्रम नियमित प्रसारण हुँदै आएको छ ।

स्वामित्व र स्रोत व्यवस्थापन
नेपाल शान्ति एंव.बिकास केन्द्र संस्था लि.ले रेडियो सञ्चालनका लागि छुट्टै सञ्चालक समिति गठन गरेको छ । त्यसैगरी विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व भएको एउटा सल्लाहकार समिति गठन भएको छ । रेडियोलाई अझ सहभागितामूलक बनाउन रेडियो सहयोग समिति गठन भएको छ । स्थानीय समुदायबाट उठ्ने सहयोग,सार्वजनिक हितका सन्देस एवं सूचना र व्यासायिक जानकारी प्रसारण गरे बापत प्राप्त हुने रकम नै  रेडियो सञ्चालनको  मुख्य आर्थिक स्रोत हो ।

वस्तु एवं सेवा प्रवद्र्धनको अवसर
प्रसारणको छोटो अवधिमै रेडियो समुदायको साथी वनेको छ । नुवाकोट एफ.एम. १०६ दशमलब ८ मेगाहर्जले समुदायको चासो र सरोकारका विषयवस्तुलाई प्राथमिकता दिएर समाचार र कार्यक्रम प्रसारण गर्नाले नै जनमानसमा लोकप्रियता हासिल गर्न सकेको हो । यति धेरै मानिसको लोकप्रीय सञ्चार माध्यममा आफ्नो बस्तु र सेवाको  प्रचार गरी व्यावसाय बढाउन पाउने यो महत्वपूर्ण अवसर हो । थोरै लगानीबाटनै व्यवसाय बृद्धि गर्ने यो अपूर्व मौकाको ढोका खुलेको छ ।