बिहिबार चैत १० , २०७३

फेसबुक

RJ Profile

View All

News & Events

१६ सय हिउँमान्छे बनाएर विश्वकिर्तिमान

१६ सय हिउँमान्छे बनाएर विश्वकिर्तिमान

शनिबार फाल्गुण ९ , २०७१

दुनियामा किर्तिमान राख्ने तरिका पनि फरक फरक हुन्छन् । जापानीहरुले हालै एक अनौठो किर्तिमान कायम गरेका छन्, सबैभन्दा धेरै हिउँमान्छे बनाएर ।

उत्तरपश्चिमी जापानको लियामा सहरमा स्थानीय मानिसहरुले एक घण्टामा १५ सय ८५ वटा हिउँमान्छे बनाएर नयाँ विश्वकिर्तिमान दर्ज गरेका क्योदो न्युज एजेन्सीले जनाएको छ ।

झण्डै १६ सय हिउँमान्छे बनाउन ६ सय ३० जना मानिसहरु खटिएका थिए ।

सहरमा परेको व्यापक हिमपातको मौका छोपेर स्थानीय मानिसहरुले हातैले हिउँका मानव आकृति बनाएर किर्तिमान कायम गरेका हुन् । उनीहरुले निर्माण गरेका ती हिममानव हरेकको उचाइ कम्तिमा ३ फिट थियो भने अनुहारको प्रष्ट आकृतिका साथै गहनायुक्त पाखुराहरु थिए ।

यो सँगै केही दिन अघि मात्र हिउँमान्छे निर्माणमा क्यानडाले कायम गरेको किर्तिमान भंग भएको छ । यो महिनाको सुरुमा क्यानाडाको ओटावामा मानिसहरुले एक घण्टामा १२ सय ९९ वटा हिउँमान्छे बनाएका थिए ।

त्यसअघि सन् २०११ मा अमेरिकामा एक घण्टामा १२ सय ७९ वटा हिउँमान्छे बनाइएको थियो । क्यानडामा बनाइएका हिउँमान्छेको किर्तिमानलाई गिनिज बुकले औपचारिक मान्यता नदिइसकेको हुँदा अहिलेसम्म गिनिज बुकमा उक्त किर्तिमान अमेरिकाकै नाममा थियो । तर अब भने जापानले उक्त किर्तिमानको ताज पहिरिएको छ ।

जापानको लियामा सहरमा हरेक वर्ष हुने हिमपातको मौसममा हिउँ महोत्सव नै हुने गर्छ ।

उक्त अवसरमा हिउँका ठूला ठूला मूर्ति नै बनाउने गरिन्छ । यो पटक भने हिउँ महोत्सवकै अवसर पारेर सहरवासीहरुले किर्तिमानी काम गरे ।

हिउँमान्छे बनाउने कार्यक्रममा आफ्ना अभिभावक सँगै सहभागी भएका ८ वषर्ीय इचिगा ओगुचीले भने, ‘हिउँ खेलाउँदा जिउ कठ्यांगि्रएर निकै गाह्रो त भएको थियो तर निकै रमाइलो भयो । हामीले विश्वकिर्तिमान कायम गर्न सकेकोमा म निकै खुसी छु ।’