बिहिबार बैशाख १४ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

फिफा वरियतामा नेपाल दक्षिण एसियाको पुछारमा

फिफा वरियतामा नेपाल दक्षिण एसियाको पुछारमा

शुक्रबार भदौ १८ , २०७२

काठमाडौँ, १८ भदौ । विश्व फुटबल महासङ्घ (फिफा)को वरियतामा एक स्थान तल झर्दै नेपाल १८५औँ स्थानमा पुगेको छ ।

फिफाले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा सबैभन्दा पछाडि परेको छ । सार्क क्षेत्रका मुलुकको १३०औँ स्थानमा रहेको अफगानिस्तान शीर्ष स्थानमा छ, उसले चार स्थान सुधार गरेको हो । भारत एक स्थान सुधार गर्दै १५५औँ स्थानमा पुगेको छ ।

भुटान १६४औँ स्थानमा कायम रहँदा १७०औँ स्थानमा रहेको पाकिस्तान एक स्थानमाथि उक्लन सफल भएको हो । तीन र दुई स्थान तल झरेका बङ्गलादेश र माल्दिभ्स क्रमशः १७३ र १७७औँ स्थानमा छन् भने दुई स्थान नै घटुवा भएको श्रीलङ्का १८४औँ स्थानमा छ ।

यो महिना फिफाको विश्व वरियताको शीर्ष सात टोलीमा कुनै परिवर्तन भएको छैन । अर्जेन्टिना शीर्ष स्थानमा छ । बेल्जियम दोस्रो, जर्मनी तेस्रो, कोलम्बिया चौथो, ब्राजिल पाँचौँ, पोर्चुगल छैटौँ र रोमानिया सातौँ स्थानमा कायम छन् ।

दुई स्थान सुधार गरेको चिली आठौँमा छ भने वेल्स नवौँ स्थानमा यथावत हुँदा इङ्ग्ल्याण्ड दुई स्थान तल झर्नका बाबजुद दशौँ स्थानमा रहन सफल भएको छ । रासस