बिहिबार चैत १० , २०७३

फेसबुक

RJ Profile

View All

News & Events

सिरियामा भएको विस्फोटनमा २० जनाको मृत्यु

सिरियामा भएको विस्फोटनमा २० जनाको मृत्यु

मंगलबार भदौ २९ , २०७२

दमासकस (सिरिया), २९ भदौ । उत्तरपूर्वी सिरियाली सहर हासाकेहमा भएको दुई छुट्टाछुट्टै बम विस्फोटनमा परी कम्तिमा २० जनाको मृत्यु भएको यहाँको राज्य नियन्त्रित टेलिभिजनले जनाएको छ ।

हासाकेहको नजिकै खासमान जिल्लामा पहिलो कारबम विस्फोट गराइएको समाचार छ ।

राज्य नियन्त्रित समाचार संस्था सानाले भने पाँच जनाको खासमानमा मृत्यु भएको साथै १२ जनाको माहाता इलाकामा मृत्यु भएको जनाएको छ । घटनामा करिब ७० जना घाइते भएका समेत उक्त समाचार संस्थाले जनाएको छ ।

यसैबीच बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन गर्ने एक संस्थाले दुवै विस्फोटमा कारको प्रयोग गरिएको जनाएको छ ।

मानव अधिकारवादी संस्थाका प्रमुख रमी अब्देल रहमानले कुर्दिस सुरक्षाफौजको खासमानमा रहेको सीमा नाकामा पहिलो विस्फोट गरिएको थियो । दोस्रो विस्फोट सरकार पक्षको माहातास्थित मिलिसियाको केन्द्रीय कार्यालयमा भएको थियो ।

हसाकेह सहरका दुई भागमा कुर्दिस मिलिसिया तथा राष्ट्रपति बसार अल असादका समर्थक रही यसलाई आफ्नो नियन्त्रणमा लिने प्रयासस्वरुप देीनकजसो झडप भइरहेको बताइएको छ ।