बिहिबार असार ८ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

चिनियाँ राष्ट्रपति सि न्युयोर्कमा

चिनियाँ राष्ट्रपति सि न्युयोर्कमा

शनिबार असोज ९ , २०७२

न्युयोर्क, ९ असोज । चिनियाँ राष्ट्रपति सि जिनपिङ न्युयोर्क पुग्नुभएको छ । संयुक्त राष्ट्रसंघको ७० औँ महासभामा सहभागिताका लागि उहाँ त्यहाँ पुग्नुभएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति जिनपिङ् शनिबार बिहान न्युयोर्क पुग्नुभएको प्राप्त एक समाचारमा जनाइएको छ । उहाँले संयुक्त राष्ट्रसंघका विभिन्न विषयका सेमिनारहरुमा सहभागिता जनाउनुहुने छ ।

सन् २०१५ पछिको दिगो विकाससम्बन्धी एजेण्डका साथै विभिन्न एजेण्डमा सो सभामा छलफल हुनेछ ।

राष्ट्रपति सिले महासभामा पहिलो पटक सम्बोधन गर्न लाग्नुभएको हो । त्यस क्रममा उहाँले राष्ट्रसंघको एक स्थायी सदस्यका हैसियतमा यसको आगामी दिनमा थप प्रभाकारिताका र विकासका लागि मत राख्नुहुने छ ।

संयुक्त राष्ट्रसंघलाई शान्ति र विकासका क्षेत्रमा कसरी अघि बढाउने र यसको थप प्रभावकारिता कसरी बढाउने भन्ने बारेमा उहाँले राष्ट्रसंघमा धारणा राख्नुहुने बताइएको छ ।

तीन दिनदेखि अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सि वासिङ्टन डिसीबाट आजै बिहान न्युयोर्क पुग्नुभएको हो ।