बिहिबार असार ८ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

बोको हरामले गरे १५ गाउँलेको हत्या

बोको हरामले गरे १५ गाउँलेको हत्या

शनिबार असोज ९ , २०७२

नियामी, ९ असोज । उत्तरी नाइजरको एक गाउमा गाउँलेलाई घेरामा हालेर बोको हरामका लडाकूले कम्तीमा पनि १५ जना गाउँलेको हत्या गरेका छन् ।

शुक्रबार राति बोको हरामका लडाकूले सो हत्या गरको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार उत्तरी नाइजरको एक गाउँमा राति भएको सो हत्याको नाइजरको प्रहरीले पुष्टि गरेको छ ।

नाइजरका अधिकारीकाअनुसार मुस्लिम समुदायका नागरिकले उनीहरुको महान पर्व इद उल अधा मनाइरहेका बेला पनि ती बोको हरामले गाउँलेको हत्या गरेका छन् ।

एक जना नाइजर अधिकारी हसन अर्दाेले भने– हामीले सो गाउमा पुग्दा निकै विभत्स रुपमा हत्या गरिएका १५ जना गाउँलेको शव देख्यौँ र त्यसमा चारजना नाइजेरियाली नागरिक पनि रहेका थिए ।

ती हतियारधारीले २२ वटा घरमा आगो लगाइदिएका छन् भने कैयौँलाई घाइते बनाएका छन् ।


कैयौँ हतियारधारी नाइजेरियासँगको सिमामा पर्ने कोमोदाबु गाउँमा राति आएर सो हत्याकाण्ड मच्चाएका थिए । उनीहरु पैदलै सो गाउमा आएर हतियार चलाएका बताइएको छ ।

हत्याका कारणका बारेमा केही बताइएको छैन । मुस्लिम समुदायका नागरिकले चाड मनाइरहेका बेला सो गाउमा गएर बोको हरामले किन हत्या गरेका हुन् भन्ने बारेमा केही बताएका छैनन् ।