बिहिबार असार ८ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

नेपाल बादोरियो कराते डो सङ्घको साधारणसभा

नेपाल बादोरियो कराते डो सङ्घको  साधारणसभा

शुक्रबार श्रावण २८ , २०७३

काठमाडौँ, २७ साउन । नेपाल बादोरियो कराते डो सङ्घको दोस्रो चुनावी साधारणसभाले हरिशरण केसीका अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति आज निर्विरोध चयन गरेको छ । विसं २०६४ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बादोरियो सङ्घ दर्ता हुँदा केसी सदस्य हुनुहुन्थ्यो । अघिल्लो कार्यसमितिका उपाध्यक्ष केसी बादोरियोका प्रमुख प्रशिक्षक हुनुहुन्छ । नेपाल कराते महासङ्घका महासचिवसमेत रहनुभएका केसीले कराते खेलको विकास र विस्तारमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नवनिर्वाचित कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र गुरुङ तथा उपाध्यक्षमा यादवलाल श्रेष्ठ, ईश्वर लामा, चित्रबहादुर केसी र छत्रबहादुर बस्नेत हुनुहुन्छ । त्यस्तै महासचिवमा सन्ध्या थापा, सचिवमा सन्तोष मल्ल तथा कोषाध्यक्षमा सूर्यबहादुर राई चयन हुनुभयो । सदस्यमा शिवराम अधिकारी, सिमोन खत्री, जितबहादुर कार्की, राजेश श्रेष्ठ, मनोज केसी, दिनेशकुमार आचार्य, मनोजकुमार जिसी, विष्णुप्रसाद खनाल, कृष्णबहादुर कुँवर तथा रत्नबहादुर महर्जन हुनुहुन्छ । नवनिर्वाचित पदाधिकारीलाई राखेप, सङ्घसंस्था समन्वय शाखाका प्रमुख एवम् प्रमुख निर्वाचन अधिकृत डोमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ गराउनाका साथै प्रमाणपत्र प्रदान गर्नुभयो । सर्वाधिक पुरस्कार राशि भएको फुटसल नेपाली फुटसलमा सर्वाधिक पुरस्कार राशि भएको फुटसल प्रिमियर लिगको छनोट चरणमा ३४ फुटसल क्लबले भाग लिने भएका छन् । एएमए इभेन्टस प्रालिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सहभागी क्लबलाई विभिन्न सात समूहमा विभाजन गरिएको प्रतियोगिताका संयोजक विवेक गौतमले जानकारी दिनुभयो । 

छनोट खेलमा प्रत्येक समूहको विजेता र उपविजेता टोली प्रिमियर लिगका लागि छनोट हुनेछन् । हरेक समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट दुई टोली पनि प्रतियोगिताको लागि छनोट हुने प्रतियोगिताका संयोजक बताउनुभयो । आगामी भदौ १ देखि ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल बानेश्वर रिक्रिएसन सेन्टरमा हुनेछ । प्रिमियर लिगमा छनोट हुने १६ टोलीलाई दुई समूहमा विभाजन गरी होम एन्ड अबेका आधारमा खेल सञ्चालन गरिने छ । । 

प्रतियोगितामा पहिलो हुने टोलीले रु १० लाख तथा दोस्रो हुनेले रु पाँच लाख प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरको उपाधि पाउने खेलाडीले जनही रु ५० हजार पाउनेछन् । रासस