बिहिबार श्रावण १२ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

सुरेन्द्र आचार्यको अध्यक्षतामा अभिभाबक संघ रसुवा गठन

सुरेन्द्र आचार्यको अध्यक्षतामा अभिभाबक संघ रसुवा गठन

शुक्रबार श्रावण २८ , २०७३

रसुवा । साउन २८ 
रसुवा जिल्ला  लहरेपौवा बेत्रावती  बस्ने सुरेन्द्र आचार्यको अध्यक्षतामा ७ सदस्यीय अभिभाबक संघ जिल्ला  कार्य समिती रसुवा गठन गरिएको छ । जिल्लाभरका विद्यालयमा पढ्ने बालबालीकाहरूको भेलाले  आचार्यलाई  अध्यक्षमा सर्वसम्मत चयन गरिएको केन्दीय अभिभाबक संघका प्रतिनिधी सुबोध भण्डारीले वताउनु भयो  ।
 
कार्यसमितीको उपाध्यक्षमा ईश्वर थापा मगर, सचिवमा सरोज लामा, कोषाध्यक्षमा शान्ता खड्का,र सदस्यहरुमा छेसिङ तामाङ,निर्मल घले र दिनेशराज आचार्य चयन  हुनु भएको  छ । अभिभाबक संघले जिल्लामा भएका विद्यालयको शिक्षाा सुधार गर्ने देखि बालबालीकालाई गुणस्तरीय शिक्षा दिनका लागि पहलकदमी चाल्ने निर्वाचित अध्यक्ष आचार्यले  नुवाकोट एफएमलाई  बताउनुभयो ।