शुक्रबार असोज ६ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

चलचित्र छक्का पञ्जाको ट्रेलर सार्वजनिक

 चलचित्र छक्का पञ्जाको ट्रेलर सार्वजनिक

शुक्रबार श्रावण २८ , २०७३


 काठमाडौं, २५ साउन
हाँस्य कलाकार दिपाश्री निरौलाले पहिलोपटक निर्देशन गरेको बहुप्रतिक्षित भनिएको चलचित्र छक्का पञ्जाको ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा निर्देशक निरौलासहित चलचित्रका कलाकार र अन्य चलचित्रकर्मीको माझ ट्रेलर सार्वजनिक गरिएको हो ।

 तीन मिनेट लामो ट्रेलरमा धेरै कमेडि संवाद देखाइएको छ । दिपक राज गिरि र दिपाश्रीकै संयुक्त निर्माणमा बनेको यसअघिको चलचित्र वडा नम्बर छ र छ एकान छ पनि यस्तै स्वादमा थिए । छक्का पञ्जामा दीपकराज गिरी, वुद्धी तामाङ, जीतु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, प्रियंका कार्की लगायतले अभिनय गरेका छन् ।कमेडीसंगै चलचित्रमा गरिबी र बेरोजगारीको कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षको दावी छ ।
दीपाश्री निरौलाको पहिलो निर्देशन रहेकाले पनि यस चलचित्रलाई विशेष मानिएको छ । चलचित्रको गीत पनि चर्चित भइसकेको छ । दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, कुञ्जना घिमिरे, निशान बजगाँइ, सुमन गिरी, केदार घिमिरे, जीतु नेपालको लगानी रहेको चलचित्र भदौ २४ गतेबाट रिलिज हुने तयारीमा छ ।