शुक्रबार असोज ६ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

नेपालले घरमै हरायो नेदरल्यान्ड्सलाई

नेपालले घरमै हरायो नेदरल्यान्ड्सलाई

सोमबार श्रावण ३१ , २०७३

 

नेदरल्याण्ड श्रावण ३२

सोमबारको खेलमा नेपालले कम्प्लिट क्रिकेट प्रस्तुत ग¥यो । जितपछि नेपाल ६ अंकका साथ आठ देश सहभागी समूहको छैटौँ स्थानमा छ । समान अंक भए पनि राम्रो रनरेटका कारण केन्या पाँचौँ स्थानमा छ । नेपालभन्दा माथि पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ र नेदरल्यान्ड रहेका छन् । नेपालले आठ खेल खेलिसकेको छ भने केन्या र हङकङले ६–६, नेदरल्यान्ड्सले ८ तथा स्कटल्यान्डले ७ खेल खेलेका छन् । नेपालभन्दा मुनि नामिबिया र युनाइटेड अरब इमिरेट्स रहेका छन् । नामिबियाले ६ र यूएईले ७ खेल खेलेका छन् ।
सोमबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई २१८ रनको लक्ष्य दिएको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । नेपालको तर्फबाट कप्तान पारस खड्काले सबैभन्दा धेरै ८४ रनको योगदान दिए । ९४ बलको सामना गरेका पारसले ७ चौका र एक छक्का प्रहार गरेका थिए । पारसपछि सागर पुनले सर्वाधिक ४५ रनको योगदान गरे । उनले ७८ बलको सामना गरे । पारस र सागरबीच सतकीय साझेदारी भएको थियो । अन्ततः यही साझेदारी जितको आधार बन्यो ।
ओपनिङमा आएका सहकप्तान ज्ञानेन्द्र मल्ल ५२ बलमा ३९ रन बनाए भने विनोद भण्डारीले आक्रामक रूपमा रन बटुले । नेपाली टिमका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर केवल ६ रन बनाई आउट भए । १५ बलको सामना गरेका शरदलाई भान डार मेरवेले क्याट आउट गराएका थिए ।
बलिङतर्फ पनि सबैको प्रदर्शन उल्लेख्य रह्यो । नेपालको तर्फबाट सोमपाल कामी, पारस खड्का र वसन्त रेग्मीले २–२ विकेट लिए भने शक्ति गौचन, सागर पुन र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
दुई सिमर, तीन स्पिनर र एक पार्टटाइम बलर लिएर नेपाल मैदानमा उत्रिएको थियो । सुरुवातमै पारस खड्का र सोमपाल कामीले सफलता दिलाए । पहिलो स्पेलमा पारसले दुई र सोमपालले एक एक विकेट लिए । सिमरको स्थानमा स्पिनरलाई ल्याएपछि नेदरल्यान्ड्सले खेलमा पकड जमायो । २१ रन बनाउँदा तेस्रो विकेट गुमाइसकेको नेदरल्यान्ड्सले त्यसपछि १०३ रन बनाएपछि मात्र विकेट गुमायो । विकेटको खडेरी सन्दीप लामिछानेले तोडे । नेदरल्यान्ड्को तर्फबाट ६१ बलमा ५६ रन बनाएका रे भान डेरलाई सन्दीपले उत्कृष्ट रूपमा बोल्ड आउट गरे । त्यसपछि नेपाल खेलमा फर्कियो ।
त्यसपछि नेदरल्यान्ड्सले लगातार अन्तरमा विकेट गुमायो । नेदरल्यान्ड्सको स्कोर १३७ रन हुँदा शक्ति गौचनले म्याक्स ओडोउडको विकेट लिए । म्याक्सले ९५ बल खेल्दै ३५ रन बनाएका थिए । लगत्तै अर्को ३७ औँ ओभरमा सागरले नेपाललाई छैटौँ सफलता दिलाए । तर, पनि नेदरल्यान्ड्सले हार मानेको थिएन । पुछारका ब्याट्सम्यानका रूपमा क्रिजमा रहेका टिम ग्रुइजटेर्सले आफ्नोतर्फबाट संघर्ष छाडेनन् । तर, उनलाई निराश पार्दै ४८ औँ ओभरमा वसन्तले सातौँ विकेट दिलाए । त्यसपछि नेदरल्यान्ड्स सम्हालिन सकेन । बाँकी विकेट वसन्त र सोमपालको नाममा रह्यो ।