आइतबार फाल्गुण १५ , २०७३

फेसबुक

RJ Profile

View All

News & Events

प्रेस सेन्टर नेपाल नुवाकोटको प्रथम एकता अधिबेशन सम्पन्न

 प्रेस सेन्टर नेपाल नुवाकोटको प्रथम एकता अधिबेशन सम्पन्न

बुधबार भदौ १ , २०७३

बिदुर नुवाकोट
भाद्र १
सुचना तथा सन्चारमन्त्री सुरेन्द्र ( राम ) कार्कीले आफुले नेपालका श्रमजिवी पत्रकारलाई समाचार लेखेकै भरमा वांच्न सक्ने वनाउने अठोट लिएको वताउनु भएको छ  । उहाले पत्रकारले सन्चार माध्यममा समाचार लेखेर उचित पारिश्रमिक नपाएको अवस्थामा यसको समाधानका लागि सन्चारगृहका मालिकसंग वसेर समाधान गर्ने वताउनुभयो । नुवाकोटको विदुरमा वुधवार प्रेस सेन्टर नेपाल जिल्ला शाखाको प्रथम एकता अधिवेसनको उद्घाटन गर्दै प्रमुख अतिथी सन्चारमन्त्री कार्कीले पत्रकारलाई पलायन हुनवाट रोक्नका लागि उचित पारिश्रमिक दिनैपर्ने वताउनुभयो । उहाले पत्रकारितामा भएका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको र एउटा पत्रकारलाई सदैव पत्रकारितामै टिक्ने वातावरण मिलाउन सरकार क्रियाशील रहेदावी गर्नुभयो । श्रमजिवी पत्रकारहरुको समस्या अहिले प्रमुख रुपमा आएको र यसलाई समाधान नगरि गुणस्तरियता, विस्वसनिय तथा दीर्घकालीन रुपमा पत्रकारिता हुन नसक्ने मन्त्रि कार्कीले वताउनुभयो । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्यसमेत रहेका मन्त्रि कार्कीले पत्रकारहरु पनि जिम्मेवार रुपमा प्रस्तुत भई सत्यतथ्य विषयलाई वाहिर ल्याएर नकाात्मक विषय मात्रै नभई सकारात्मक विषयलाई उठान गरेरस्थानीयलाई सहयोग गर्नु पर्ने वताउनुभयो । कुनै पनि घटनालाई कारणसहित वाहिर ल्याएर एउटा सचेत र आशावादी पत्रकारले जनताको मन जित्नु पर्ने मन्त्रि कार्कीको भनाई छ । आफुले श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन तथा पत्रकारहरुको हकहितका लागि सदैव क्रियाशील रहने मन्त्रि कार्कीले प्रतिवद्धता जनाउनुभयो । उहाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल जुनसुकै पार्टीको विचार र आस्था वोके पनि समाचार संकलन, सम्प्रेशण सम्पादन तथा प्रस्तुतीमा तटस्थ हुनु पर्ने वताउनुभयो । मन्त्रि कार्कीले श्रमजिव पत्रकार र मालिकवीच आफुले पुलको रुपमा कार्य गरेर पत्रकारिता क्षेत्रका समस्या समाधानको विषयमा छलफल नै सन्चालन गर्ने वताउनुभयो । सोहि कार्यक्रममा सुचना तथा सन्चारमन्त्री कार्कीले नेपाल पत्रकार महासंघका पुर्व महासचिव ओम शर्मा, महासंघका वर्तमान सदस्य राजु लामा, प्रेस सेन्टरसंग आवद्ध पत्रकारहरु वलराम थापा, प्रभा वोगटी, सचिन रोक्का र सुनील खड्कालाई प्रशंसा पत्रद्वारा सम्मान गर्नुभयोे । कार्यक्रममा महासंघका पुर्व महासचिव ओम शर्माले श्रमजिवी पत्रकार ऐनको पुर्ण पालना तथा सन्चारकर्मीका समस्या समाधानकालागि सरकारले विशेष योजना वनाउन अनुरोध गर्नुभयो । सोहि कार्यक्रममा सम्मानित व्यक्तित्व नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजु लामाले पत्रकारितामा विचार र आस्था जुनसुकै भएपनि निष्पक्ष रुपमा पत्रकारिता गर्नु पर्ने वताउनुभयो । यसैगरी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवचन्द्र भट्ट, महासंघका जिल्ला अध्यक्ष प्रकाशकुमार अधिकारी, प्रेस युनियनका अध्यक्ष किरण अधिकारी, नुवाकोटका स्थानीय विकास अधिकारी केशरवहादुर पण्डितले गुणस्तरिय, सत्यतथ्य र तटस्थ पत्रकारितावाटै देश विकासका  वाटो खुल्ने वताउनुभयो । अधिवेसनले आगामी तनि वर्षे कार्यकालका लागि जिलिङका रामहरि गजुरेलको अध्यक्षतामा १५ सदस्यीय नयां कार्य समिति चयन गरेको छ । उपाध्यक्ष शक्तिमाया तामाङ, सचिवमा रामहरि आचार्य, सहसचिवमा रुपा अर्याल र कोषाध्यक्षमा गोपाल मिजार निर्विरोध चयन भएका छन् ।  निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा पुर्वमन्त्रि हितवहादुर तामाङले वधाई दिदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो ।