शुक्रबार असोज ६ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

धादिङको किन्ताङफेदीमा वस दुर्घटना मृत्यु हुनेको सङख्या १७ पुग्यो गम्भिर घाइते छ जनाको काठमान�

धादिङको  किन्ताङफेदीमा वस दुर्घटना मृत्यु  हुनेको सङख्या १७ पुग्यो गम्भिर घाइते छ जनाको काठमान�

सोमबार असोज १० , २०७३

धादिङवेशीबाट किन्ताङफेदी जाँदै गरेको बस मार्पाकगाउँ विकास समितिको दुर्घटना धादिङबाट उत्तरी मार्पाक गाविसको वडा नम्बर ६ मा दुर्घटाना भएको छ । दुर्घटनामा परि १७ घटना स्थालमा मुत्यु भएको छ । भने ६ जनाको उदार गरि काठमाडौं लागिएको छ भने बाकी ५ जनाको उदार गरि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ । बसका पार्टपुर्जाहरु टुक्रा९टुक्रामा छरिएका थिए । वरिपरि घाइतेहरु छटपटिँदै चिच्याइरहेका थिए । शवहरु पनि यत्रतत्र छरिएका थिए । कोही बसमा च्यापिएका थिए । अवस्था यति भयावह थियो कि व्यक्त गर्नसक्ने अवस्था छैन ।’

धादिङको मार्पाक९६ मा मंगलबार भएको बस दुर्घटनाको प्रत्यक्षदर्शी स्थानीय शिक्षक अमृत पोखरेललका  अनुसार दुर्घटना धादिङबाट उत्तरी मार्पाक गाविसको वडा नम्बर ६ मा भएको हो । दुर्घटना भएको थाहा पाउँदा बित्तिकै म पनि घटनास्थल पुगें । मृतक र घाइतेका आफन्तहरु घटनास्थलमा चिच्याइरहेका थिए । दुर्घटनास्थलबाट गाउँ नजिकै भएकाले आफन्त र परिवारका सदस्यहरु पनि तुरुन्तै घटनास्थल पुगेका थिए ।

 

घाइतेहरुले पानी ९पानी भनिरहेका थिए । कोही मलाई बचाऊ, अस्पताल लगिदेऊ भन्दै थिए । रगत बगिरहेको थियो । तर के गर्ने, कसरी गर्ने एकछिन अलमलमा परियो ।

 

गाडीभित्र मान्छे किचिएको देखिन्थ्यो । धेरैजनाले बचाउ९बचाउ भन्दै थिए तर उद्धार हुन सकिरहेको थिएन । स्थानीयबासीसँग मिलेर मैले पनि केहिलाई उद्धार गरें ।

जिल्ला सदरमुकाम धादिङबेशीबाट मार्पाक जाँदै गरेको बसले विभिन्न सामानसहित भरी मानिस बोकेर उँभो लाग्दै थियो । वर्षामा सानो पहिरो खसेर बाटो भिरालो परेको थियो । त्यहिँनेर बस दुर्घटनामा परेको हो । सबै गाडी त्यहाँ पुग्दा कोल्टो परेर जान्थे । तर त्यो गाडी धेरै लोड भएकाले अगाडि बढ्न नसकेर तल्तिर झर्‍यो ।

जहाँबाट गाडी झर्‍यो, त्यहाँ जमिन थोरै भासिएको देखिन्छ । त्यसपछि गाडी बजारिँदै टुक्रा९टुक्रा भएर करिब २ सय मिटर तल झरेको छ । ९धादिङ प्रहरीले भने बस ५ मिटर तल झरेको बताएको छ ।०

 

बस करिब विहान ११ बजे दुर्घटनामा परेको थियो । तर दिउँसो १ बजेसम्म उनीहरुलाई अस्पताल लैजाने व्यवस्था भएको थिएन । प्रहरी पनि पुगेको थिएन । दुर्घटना भएको करिब साढे एक घण्टापछिमात्र प्रहरी घटनास्थल पुगेको थियो ।

दुर्घटनास्थलबाट करिब २ घण्टा पैदलयात्रा पछि खहरे भन्ने ठाउँमा मात्र नजिकको स्वास्थ्य चौकी छ । त्योभन्दा नजिक कुनै स्वास्थ्य चौकी छैन । नजिकै करिब १० मिनेटको दुरीमा एउटा मेडिकल छ । मेडिकलका एक स्वास्थ्यकर्मीले भएका औषधि लिएर उपचारको कोशिस गरिरहेका थिए । तर प्राथमिक उपचारले मात्र गम्भीर घाइतेको जीवन रक्षा गर्ने स्थिति थिएन ।

घटना भएको करिब साढे एक घण्टापछि बल्ल ६ जना नेपाल प्रहरी घटनास्थल आए । तर ती प्रहरीलाई घटनास्थलका विरामीका लागि उपचारको व्यवस्था गर्न, घाइतेको उद्धार र मृतकको सनाखत गर्न निकै अप्ठेरो भइरहेको थियो