बिहिबार असार ८ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

नुवाकोट जिल्लाकै पहिलो सामुदायिक रेडियो नुवाकोट एफ.एम १०६.८ मेगाहर्ज सातौँ बर्ष पुरा गरि आठौँ व

नुवाकोट जिल्लाकै पहिलो सामुदायिक रेडियो नुवाकोट एफ.एम १०६.८ मेगाहर्ज सातौँ बर्ष पुरा गरि आठौँ व

बिहिबार असोज २० , २०७३

नेपाल  शान्ति एवं बिकास केन्द्रद्धारा सञ्चालित  नुवाकोट जिल्लाको पहिलो  रेडियो  नुवाकोट एफएम १०६ दशमलव ८ मेघाहर्ज आजबाट आठ वर्षमा प्रवेश गरेको छ । एक सय वाट क्षमता भएको नुवाकोट एफएम   २०६५  असोज २०  गतेबाट प्रशारण आरम्भ गरेको थियो  । नुवाकोट सहित छिमेकी जिल्लाहरु  रसुवा, धादिङ्ग सिन्धुपाल्चोक, काठमाडौ र मकवानपुरमा समेत सुन्न सकिने नुवाकोट एफएम लाई डब्लुडब्लुडब्लु डट नुवाकोट एफएम ओ.आर.जीमा प्रत्यक्ष सुन्न र पढ्न पनि सकिने छ । 
आठ वर्षमा प्रवेश गरेको अवसरमा नुवाकोट एफएम संचालक समितिका अध्यक्ष पुष्कर शर्मा रिमालले हामीलाई नुवाकोटकै पहिलो सर्वश्रेष्ठ सामुदायिक रेडियोको पहिचान वनाउन र सधैं हामीसगै रहेर पलपलमा साथ दिइरहनुहुने  स्रोता तपाईको रहेको बताउनु भएको छ । आठ वर्षमा प्रवेश गरेका हाम्रो मुख्य उचाईको सहयात्री रहेको र अबका दिनमा पनि तपाई स्रोताहरुले दिनुहुने सकारात्मक सुझाव, सल्लाह  र सहयोगले हाम्रो निश्चित गन्तव्यको यात्रा सुनिश्चित बनाउने नुवाकोट एफएमका अध्यक्ष पुष्कर शर्मा रिमाल विज्ञप्तीमा उल्लेख गरिएको छ ।
शान्ति बिकास र न्यायको र जानकारीमूलक कार्यक्रमको लागि दैनिक १७ घण्टा प्रशारण भइरहेको छ । समुदायकै एक हिंसा बनाउन र आम नागरिककको दैनिक जनजीवनमा जोड्नका लागि प्रयास गरिने प्रतिबद्धता जनाउनुभएको छ । 
शैक्षिक क्षेत्रको सुधार, सामाजिक विकासको लागि हामी नै आफ्नै उत्पादनमा छुवाछुत, वृद्धासेवा तथा बाल अधिकारका विषयमा रेडियो कार्यक्रमले सामाजिक परिवर्तनमा स्रोताको साथलाई लिएर हामीले समाजमा भएगरेका जाती, भाषा, धर्म, लिङ्गको आधारमा हुने भेदभाव बिरुद्र लाई  अबका दिनमा पनि यसलाई अझ शसक्त कार्यक्रम ल्याउने बताउनु भयो ।