आइतबार जेठ १४ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

दुई वटा नगरपालिकासहित नुवाकोटबाट १२ स्थानीय निकाय रहेको पुर्नसंरचनाको प्रस्ताव पारित

दुई वटा नगरपालिकासहित नुवाकोटबाट १२ स्थानीय निकाय रहेको पुर्नसंरचनाको प्रस्ताव पारित

मंगलबार कार्तिक २३ , २०७३


लामो समयको प्रयासपछि नुवाकोटमा १२ वटा स्थानीय निकाय प्रस्ताव गरिएको छ । दुई नगरपालिकासहित १० वटा गाउँपालिका प्रस्ताव गरिएको छ । दलहरुवीच तिब्र विवादका बाबजुद पनि प्रस्तावमा केही असहमति राख्दै नुवाकोटका सबै राजनीतिक दलका नेताहरुले हस्ताक्षर गरेका छन् । प्रस्तावित नगरपालिकालाई विस्तार गरी तुप्चे, गेर्खु, कल्याणपुर, चारघरे र खड्गभन्ज्याङका केही वडा थप गरिएको छ । विदुर नगरपालिकामा अव १३ वटा वडा बन्ने छ ।

यस्तै साविकको इलाका नंं ४ अन्र्तगतका बेलकोट, जिलिङ, कुमरी, दुईपीपल, रातमाटे र मदानपुरका केही वडालाई थप गरेर बेलकोट गढी नगरपालिका प्रस्ताव गरिएको छ । जिलिङको बाघखोरमा केन्द्र प्रस्ताव गरिएको बेलकोट गढी नगरपालिकामा पनि १३ वटा वडा रहेका छन् ।

१० वटा गाउँपालिकामा दुप्चेश्वर गाउँपालिकाको केन्द्र समुन्द्रटार कायम गरिएको छ । यस्तै पञ्चकन्या गाउँपालिकाको केन्द्र मोठ भन्ज्याङ रहेको छ । यस्तै सुर्यगढी गाउँपालिकाको केन्द्र चोकदे कायम गरिएको छ । ककनी गाउँपालिकाको केन्द्र रानीपौवामा कायम गरिएको छ । लिखु गाउँपालिकाको केन्द्र सुर्यमति १ मा, शिवपुरी गाउँपालिकाको केन्द्र सेराबगर, तारकेश्वर गाउँपालिकाको केन्द्र दाङसिं, मेघाङ गाउँपालिकाको केन्द्र दुडीमैदान, किस्पाङ गाउँपालिकाको केन्द्र किस्तापमा प्रस्ताव गरिएको छ ।

प्रस्तावमा सकेसम्म नुवाकोटका सबै राजनीतिक दलको मतलाई समावेश गरिएको स्थानीय निकाय पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले बताउनुभयो । प्रस्तावित स्थानीय निकायहरु तीन वटै निर्वाचन क्षेत्रमा ४ वटाका दरले रहेका छन्  ।
प्रस्तावित केही गाउँपालिकाको सीमांकनको विषयमा नेपाली कांग्रेसको असहमति रहेको नेपाली कांग्रेसका सचिव सुरेन्द्रराज अधिकारीले बताउनुभयो ।