बिहिबार असार ८ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

सुन्दरादेबी सन्देश साप्ताहिकको पाँचौ वार्षिकोत्सव सम्पन्न सञ्चारकर्मी सहित कलाकारलाई सम्मा

 सुन्दरादेबी सन्देश साप्ताहिकको पाँचौ वार्षिकोत्सव सम्पन्न सञ्चारकर्मी सहित कलाकारलाई सम्मा

बुधबार मङ्सिर १ , २०७३

भोलाराज पौडेल बिदुर नुवाकोट : नुवाकोटबाट प्रकाशित हुँदै आएको सुन्दरादेबी सन्देश साप्ताहिकको पाँचौ वार्षिकोत्सवको अवसरमा आज नुवकोट जिल्लाका कलाकार तथा सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ । 
नुवाकोट जिल्लालाई कार्यक्षेत्र बनाएर ५ बर्ष देखि प्रकाशन भईरहेको सुन्दरादेवी साप्ताहिकको वार्षिकोत्सवको अवसर पारेर कलाकार र पत्रकार गरी ४० भन्दा धेरैलाई सम्मान गरिएको हो । कलाकारिता क्षेत्रमा आफ्नो कलम र शब्द मार्फत योगदान दिएको भन्दै प्रेस चौतारी नुवकोटका अध्यक्ष एवं नुवाकोट एफएमका भोलाराज पौडेल, रेडियो लाङटाङका गीता अधिकारी, शिवराम भण्डारी, स्वस्तिका चिल्वाल,मनोज थापालाई सम्मान गरिएको छ । 
 
नुवाकोटको जिलाको कला संस्कृति उजागर गर्न स्थापना भएको नाट्यश्वर कला केन्द्र तथा ईभेंट म्यानेजमेन्टको प्रथम बार्षिक उत्सबको अवसरमा कलाकार तथा पत्रकारलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष किरण अधिकारीले जानकारी दिनुभयो । 
 
बार्षिकोत्सवको अवसरमा खुल्ला नृत्य प्रतियोगिता,सास्कृतिक कार्यक्रमसमेत सम्पन्न भएको छ । पिपलटारस्थित गुडविल एकेडेमीमा भएको कार्यक्रममा गीतसंगीत र कला क्षेत्रमा रहेका व्यक्तित्व ,खेलाडी ,संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
 
कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालको महासचिव तथा सर्जक सुबास के.सी.,पी.एन सापकोटा, माधव थापा, भीमसेन खतिवडा, उद्धब कार्की, सुबास शर्मा, मदन थापा, दिनेश लामा, राष्ट्रिय संगीतकर्मी संघको बरिस्ठ उपाध्यक्ष नवराज ढुंगाना, कुमार भण्डारी रहेका छन् ।  
 
त्यस्तै गायिका शर्मिला श्रेष्ठ, उमा श्रेष्ठ, लक्ष्मी ढकाल, गीता सेन्चुरी ,मंजु गौतम ,बर्षा सिलवाल,स्मृति गौतम ,पार्वती कार्की र नायिका जान्वी बोहोरा रहेका छन् ।  त्यस्तै अभिनय क्षेत्रमा क्रियाशील रश्मि तामांगलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की तथा निवर्तमान अध्यक्ष राजन श्रेष्ठसहितको टोलीले सम्मान गरेको थियो । 
 
त्यस्तै मोडलहरुमा उषा सुबेदी, अन्जु पराजुली , रिया घले ,हिरामाया वाईबा ,अन्जु पण्डित ,अन्जु बिश्वकर्मा, रिता कार्की  र आयशा बिश्वकर्मालाई पनि सम्मान गरिएको छ । त्यस्तै खेलकुद क्षेत्रबात् नुवाकोटलाई चिनाएका सितेरियो करातेका प्रशिक्षक उत्तम राईलाई पनि सम्मान गरिएको छ ।
 
पर्यटन मार्फत नुवाकोटलाई चिनाउन योगदान गरेको भन्दै पर्यटन ब्यबसायी बिनोद लामा, ब्यबसायीहरु कुमार बोगटी, केदार तिवारीलाई पनि सम्मान गरिएको छ ।