सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

शेयर बजार घटेर प्रन्ध्रसय नजिक

शेयर बजार घटेर प्रन्ध्रसय नजिक

शनिबार भदौ २४ , २०७४

काठमाडौं भदौ २५, आइतबार शेयर बजार  घटेर पन्ध्रसय नजिक आइपुगेको छ । करिव ३५ अंकको पहिरो गएको छ । बीमा समुहको २९६.७१ अंक र अन्य वित्तीय क्षेत्रका सूचक झर्दा बजारमा पहिरो गएको हो ।  बजार निरन्तर ओरालो लागेर १५२० अंकको बिन्दुमा आएको छ ।  
 कुल १५ लाख ५७ हजार ३८३ कित्ता शेयर किनबेच भएको बजारमा दिनभर  १५८ कम्पनीको ९२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।   बैंक तथा वित्तीय संस्थालगायतका कम्पनीहरुले लाभांश दर धमाधम घोषणा गर्न थालेपछि शेयर बजार झर्न थालेको थियो  । बजारमा लगानीकर्ताले हकप्रदलाई बढी प्रथामिकता दिने गरेको र त्यो क्रम लगभग सकिएकाले दोस्रो बजारको आकर्षणमा गिरावट आएको एक ब्रोकरले बताए । पछिल्लो समय लाभांश घोषणा गरेका कम्पनीको शेयर बेच्ने लगानीकर्ता बढी देखिने गरेको उनले जानकारी दिए। 
बैंकिङ सूचक २८.६६ अंक, विकास बैंक ४९.६ अंक र फाइनान्स १३ अंक झरेको छ। होटल समूहमा पनि ५१ अंकभन्दा बढीले पहिरो गएको छल । उत्पादनमूलक २४ र अन्य करिव ३ अंकले झरेका छन् । बजार झरेपनि १२ कम्पनीको शेयर मूल्य भने बढेको छ। समता, निर्धनजस्ता संस्थाको शेयर मूल्य बढेको हो। १० प्रतिशतले छिमेक लघुवित्तको शेयर मूल्य झरेको छ। जेनरल फाइनान्सको ८ प्रतिशत र हाम्रो विकास बैंकको करिव ८ प्रतिशतले शेयर मूल्य झरेको छ ।