सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

एसिसी यु १९ एसिया कप छनोटमा नेपालद्धारा थाइल्याण्ड २५५ रनले पराजित

एसिसी यु १९ एसिया कप छनोटमा नेपालद्धारा थाइल्याण्ड २५५ रनले पराजित

आइतबार भदौ २५ , २०७४

काठमाडौं, भदौ २६ – मलेसियामा भइरहेको एसिसी यु १९ एसिया कप छनोट प्रतियोगितामा नेपालले थाइल्याडमाथि शानदार जित हात पारेको छ । भर्रखरै सकिएको खेलमा नेपालले थाइल्याडलाई २ सय ५५ रनले हराएको हो  ।
 नेपालका लागि सन्दिप लामिछानेले सात विकेट लिए । त्यस्तै किशोर महतो, नन्दन यादव र शहबाब आलमले एक, एक विकेट लिए । २८२ रनको लक्ष्यसहित मैदानमा आएको थाइल्याडले १० ओभरमा २६ रन बनाएर आफ्नो सबै विकेट गुमाएको हो । थाइल्याण्डका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 
यसअघि मलेसियाको ओमन क्लबमा टस हारेर पहिले ब्याटिङ गर्न आएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । 
नेपालका अनिलकुमार साहले ९१ रन बनाए भने प्रनित थापा मगरले ५० रनको योगदान गरे । त्यस्तै, ओपनर सन्दिप सुनार ३२, रोहितकुमार पौडेल २८, आशिफ शेख २२ र कप्तान दिपेन्द्रसिंह ऐरी २१ रनमा आउट भए  । पवन शर्राफ २२ र किशोर महतो २ रनमा नटआउट रहे । १९ बल खेलेका पवनले २ छक्का सहित नटआउट २२ रन बनाए ।