सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

भुटानमाथि नेपालको सहज जित, भुटान ९ विकेटले पराजित

भुटानमाथि नेपालको सहज जित, भुटान ९ विकेटले पराजित

मंगलबार भदौ २७ , २०७४

नुवाकोट भदौ२८ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले भुटानमाथि सहज जित हात पार्दै लगातार दोस्रो जित हात पारेको छ । नेपालले भुटानलाई ९ विकेटले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको भुटानले नेपालललाई ५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेपालले मात्र ८.३ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका लागि सन्दिप सुनारले २१ रन बनाए भने आशिफ शेख २३ र अनिलकुमार साह ४ रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको भुटानका ब्याट्सम्यानहरु नेपाली बलरसामू निरिह देखिएका थिए । उसका लागि टासी फुन्सोले १६ र उर्गेन दोर्जीले १३ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।
भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले २३ रन दिएका थिए । यस्तै सन्दिप लामिछानेले ४ विकेट हात पारे । निकै किफायती बलिङ गरेका सन्दिपले ७ ओभरमा ३ मेडल राख्दै मात्र ७ रन दिएर ४ विकेट लिएका हुन् । बुधबार बिहान मलेसियामा भएको खेलमा नेपालले कप्तान दीपेन्द्रसिंह ऐरीको ५ विकेटको मदतमा भुटानलाई ५० रनमै समेट्दै जित निकालेको हो ।
नेपालले भोलि मलेसियाको क्लव अमानमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।