आइतबार कार्तिक ५ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

भारतविरुद्द जित्नैपर्ने दबाबमा नेपाल

भारतविरुद्द  जित्नैपर्ने दबाबमा नेपाल

शुक्रबार असोज ६ , २०७४

नुवाकोट आश्विन ६, एएफसी यू–१६ च्याम्पियनसिपको छनोट चरणअन्तर्गत नेपालले शुक्रबार समूह ‘डी’ को दोस्रो खेलमा छिमेकी टोली भारतको सामना गर्दै छ । दोस्रो खेलमा मैदान उत्रदा नेपाल जित्नैपर्ने दबाबमा हुनेछ । नेपाल पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इराकसँग १–० ले पराजित भएको थियो । नेपालले छनोटको आशा जीवितै आज भारतलाई पराजित गर्नैपर्नै हुन्छ । 
नेपालका प्रशिक्षक सुनील श्रेष्ठले भारतविरुद्ध जितको लक्ष्य लिएर उत्रने बताए । ‘पहिलो खेल हारेकाले टोलीमाथि केही दबाब छ, तर यो हाम्रा लागि अन्तिम मौका हो । त्यसैले सक्दो राम्रो प्रदर्शन गर्नुपर्ने छ,’ उनले थपे, ‘टोलीमा केही चोटको समस्या छ ।
खेलअघि फिटनेस हेरेर अन्तिम टोली छनोट गर्नेछौं ।’ भारतविरुद्ध गत महिना सम्पन्न साफ यू–१५ च्याम्पियनसिपमा नेपाल दुवै खेलमा २–१ ले पराजित भएको थियो । तर त्यो नतिजाले टोलीमा केही दबाब नपर्ने प्रशिक्षक श्रेष्ठको बुझाइ छ । ‘भारतविरुद्ध पछिल्लो खेलमा जित हात नपारे पनि टोलीको मनोबल गिरेको छैन । हामीले भारतलाई नजिकबाट नियालेका छौं, त्यसैअनुसार रणनीति तयार पार्छौं,’ उनले भने ।
भारतका प्रशिक्षक बिबियानो फर्नान्डेजले नेपालविरुद्धको खेल निकै कठिन हुने अभिव्यक्ति दिए । ‘नेपाल आयोजक राष्ट्र हो र उसले राम्रो फुटबल खेल्छ । पछिल्ला दुवै खेलमा हामीले निकै मिहिनेत गर्नुपरेको थियो । शुक्रबार पनि त्यस्तै खेल हुने अपेक्षा गरेको छु,’ उनले भने ।
 
भारतले पहिलो खेलमा चोटका कारण केही खेलाडीलाई विश्राम दिएको थियो । नेपालविरुद्ध ती खेलाडी फर्कने सम्भावना छ । दिनको पहिलो खेलमा इराक र प्यालेस्टाइन भिड्ने छन् ।