सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

भेनेजुयलाका पार्टीहरूद्वारा निर्वाचन प्रचारप्रसार शुरु

भेनेजुयलाका पार्टीहरूद्वारा निर्वाचन प्रचारप्रसार शुरु

सोमबार असोज ९ , २०७४

नुवाकोट असोज ८,  (रासस÷सिन्ह्वा) ः भेनेजुयलाको प्रान्तीय निर्वाचनका लागि दलहरूले प्रचारप्रसार शुरु गरेका छन् । एक महिनाभन्दा कम समय भएकाले उनीहरूले शनिबारदेखि प्रचारप्रसारलाई तिब्र रूपमा अगाडि बढाउन थालेका हुन् । भेनेजुयलामा गत केही महिना भएको आन्दोलनका कारण सत्तापक्ष र प्रतिपक्षका बीचमा ठूलो विभाजन देखिएको छ । 
 
शनिबार बेलुकादेखि शुरु भएको चुनावी प्रचारप्रसारका कार्यक्रमहरू अक्टोबर १२ तारिखसम्म मात्रै गर्न पाइने भएको छ । राष्ट्रिय निर्वाचन परिषद्ले मतदानभन्दा तीन दिन अगाडिदेखि मौन अवधि तय गर्दै प्रचारप्रसार गर्न नपाइने बनाएको हो । प्रचारप्रसारको यही अवधि भर निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदबारहरूले सार्वजकि तथा निजी टेलिभिजनहरूबाट चुनावी विज्ञापन प्रसारण गर्न सक्ने व्यवस्था गरिएको छ । टेलिभिजनमा प्रचारप्रसार गर्दा राजनीतिक दलले प्रत्येक दिन बढीमा तीन मिनेट र उम्मेदवारहरूले प्रत्येक दिन बढीमा चार मिनेट मात्रै गर्न पाउने भएका छन् ।  
 
त्यसैगरी पत्रपत्रिकाको हकमा भने हरेक उम्मेदवारले ठूलो आकारको पत्रिकामा दैनिक आधा पृष्ठ मात्रै उपयोग गर्न पाउँछन् भने सानो आकारको पत्रिकामा दैनिक एक पृष्ठ मात्रै प्रयोग गर्न पाउँछन् । भेनेजुयलामा २३ वटा राज्यको गभर्नर छान्नका लागि आउँदो अक्टोबर १५ तारिखका दिन मतदान हुन गइरहेको छ ।