आइतबार कार्तिक ५ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

कुन्दुजमा ११ तालिबान मारिए

कुन्दुजमा ११ तालिबान मारिए

सोमबार असोज ९ , २०७४

अफगानिस्तान असोज,९ (रासस÷एएफपी):अफगानिस्तानको सुरक्षा फौजले तालिबानविरुद्ध चलाएको कारबाहीमा परी कम्तीमा ११ जना हतियारधारी लडाकू मारिएका छन् । घटनामा परी अन्य २० जना घाइते भएको गृह मन्त्रालयले आइतबार जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।  
 
वक्तव्यका अनुसार सुरक्षा फौजले डास्ट ए आर्ची जिल्लामा शनिबार मध्याह्नतिर तालिबानविरुद्ध आक्रमण गरेको थियो । सुरक्षाकर्मीहरूले घटनास्थलमा रहेका तालिवानहरूलाई लक्षित गरी थप कारबाही चलाएका छन् । शान्ति सुरक्षा कायम गर्नका लागि सत्रुहरू माथि कारबाही चलाइएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।  तालिबान लडाकूहरू अफगानिस्तानको कुन्दुज प्रान्तका केही भागहरूमा निकै सक्रिय रहेका छन् ।