सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

बहुप्रतिक्षित चलचित्र ’छक्का पञ्जा २’ रिलिज भयो

बहुप्रतिक्षित चलचित्र ’छक्का पञ्जा २’ रिलिज भयो

बुधबार असोज ११ , २०७४

नुवाकोट असोज ११, वडादशैँको अवसर पारेर बहुप्रतिक्षित चलचित्र ’छक्का पञ्जा २’ आज देशभर रिलिज भएको छ ।  
’छक्का पञ्जा २’ रिलीजसँगै देशैभरका हलहरुमा भिडभाड देखिएको छ ।   ’छक्का पञ्जा २’ हेरेपछि चलचित्र मनोरञ्जनात्मक र सन्देश मुलक रहेको प्रतिक्रिया दर्शकहरुले दिएका छन । 
 पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल ‘छक्का पञ्जा २’को लिड कलाकारको रुपमा रहेका छन् । पढेपछि विदेश जान हतारिने युवा,युवती र बुवाआमाको जिम्मेवारी यो फिल्मले देखाउँछ । दीपाश्री निरौला निर्दे्शित चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् । 
 पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक—दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।