आइतबार कार्तिक ५ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

जापानी प्रधानमन्त्री सिन्जोद्धारा संसदको तल्लो सदन ‘डायट’ विघटन

जापानी प्रधानमन्त्री सिन्जोद्धारा संसदको तल्लो सदन ‘डायट’ विघटन

बिहिबार असोज १२ , २०७४

नुवाकोट असोज १२, जापानी प्रधानमन्त्री सिन्जो आबेले संसदको तल्लो सदन ‘डायट’ विघटन गर्नुभएको छ । आगामी २२ अक्टोबरका लागि नयाँ निर्वाचन घोषणा गरिएको छ । 
 
उत्तरकोरियाले पारमाणविक संकट गहिरिँदै जाँदा प्रधानमन्त्री आबेले ताजा जनमत लिनु पर्ने बताउनुभएको हो । उत्तरकोरियाले जापानी आकाशतर्फ घातक क्षेप्यास्त्र प्रहार गरेको विषयलाई आबेले कटु आलोचना गर्दै आउनुभएको छ । यहि मुद्दाका कारण आफ्नो लोकप्रियता बढेको समयमा आबेले जनमत जाच्न खोज्नुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।