आइतबार कार्तिक ५ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

नेपाल आईडलका टप थ्रीले अस्ट्रेलियामा सांगीतिक प्रस्तुति दिने

नेपाल आईडलका टप थ्रीले अस्ट्रेलियामा सांगीतिक प्रस्तुति दिने

बुधबार असोज १८ , २०७४

नुवाकोट असोज १८, चर्चित रियालिटि सो नेपाल आईडलका टप थ्रीले अस्ट्रेलियामा सांगीतिक प्रस्तुति दिने भएको छ । टप थ्रीमा पुग्न सफल  जनाको प्रस्तुतीले सीडनीसंगै अस्ट्रेलियाका केही सहर संगीतमय हुने भएको छ । नेपाल आइडल बुद्ध लामा रनर अप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रताप दाश अस्ट्रेलिया जादैछन् । नेपाली टच अस्ट्रेलियाले नेपाल आईडलका टप ३ लाई लिएर अस्ट्रेलीया कार्यक्रम गर्न लागेको हो  ।
 
सिडनीमा हुने कार्यक्रम ओलम्पीकपार्क स्पोर्ट्स सेन्टरमा हुदैछ । जहाँ नेपाली कलाकारले अझसम्म कुनै कार्यक्रम गरेका छैनन् । संभवत यो नै ओलम्पीक पार्कमा पोहिलो नेपाली कार्यक्रम हो । एभरेष्ट कम्युनिकेशन मुख्य प्रस्तुती रहने सिडनीको मुख्य कार्यक्रम डीसेम्बर १ मा  हुने आयोजकले बताएको छ । 
 
नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण आउदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ ।  जुन कार्यक्रम सिडनीसंगै ब्रिसबेन ,मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत हुने बताइएको छ ।