सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

राप्रपाद्वारा प्रतिनिधिसभा निर्वाचनमा १५ सिट माग

राप्रपाद्वारा प्रतिनिधिसभा निर्वाचनमा १५ सिट माग

बिहिबार असोज १९ , २०७४

काठमाण्डौ असोज १९,राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेलका लागि प्रतिनिधिसभामा १५ सिट मागेपछि लोकतान्त्रिक गठबन्धनभित्र खैलाबैला मच्चिएको छ ।
 प्रदेश सभामा माग्ने सिटबारे कार्यदल तहमा छलफल गर्ने बताएको राप्रपाले झापा, मकवानपुर र बाँके सबैजिल्लामा कम्तिमा १ सिट माग गरेको छ । मकवानपुर राप्रपा अध्यक्ष कमल थापाको गृहजिल्ला हो । त्यस्तै महामन्त्रीद्वय राजेन्द्र लिङदेन झापा र धवलशम्शेर राणा बाँकेका हुन् । यी तीन जिल्लाको हकमा कुनै सम्झौता नगर्ने राप्रपाको अडान छ ।
 साथै, प्रदेश सभामा पनि राप्रपाले कम्तिमा २५ सिट माग्ने भएको छ । त्यस्तै धादिङ, धनुषा, सिरहा, पर्सा, सल्यान, बैतडीलाई राप्रपाले दोस्रो रोजाईमा राखेको नेता दिलनाथ गिरीले जानकारी दिनुभयो । राप्रपाले कार्यदलमा उपाध्यक्ष बुद्धिमान तामाङलाई पठाउने निर्णय गरिसकेको छ ।  नेता गिरीका अनुसार राजतन्त्र र हिन्दू राज्य पार्टीको मुल सिद्धान्त भएकाले गठबन्धको अन्तिम लक्ष्य यही हुनुपर्ने अडान राप्रपाले लिएको छ । 
तर, वाम गठबन्धनका कारण प्रजातन्त्र खतरामा परेको स्थितिमा पहिले लोकतन्त्रको रक्षाका निम्ति आफूहरु मिलेर जान तयार भएको गिरीले बताउनुभयो ।  राप्रपाले गठबन्धनमा आवद्ध दलको वरियतामा राप्रपा प्रजातान्त्रिकभन्दा अघि हुनुपर्ने माग गरेको छ । त्यसबारे कार्यदलमा कुरा राख्ने र त्यहाँ बन्ने सहमतिका आधारमा गठबन्धनको भविष्य तय हुने नेता गिरीले बताउनुभयो ।  तर, आगामी चुनावका लागि लोकतान्त्रिक गठबन्धनमै आवद्ध भएर राप्रपा अघि बढ्ने मनस्थितिमा पुगेको उहाँले उल्लेख गर्नुभयो ।