सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

धादिङमा करेन्ट लागेर एकको मृत्यु

धादिङमा करेन्ट लागेर एकको मृत्यु

शनिबार असोज २१ , २०७४

नुवाकोट असोज २१, धादिङको थाक्रेस्थित जुँगेखोलामा करेन्ट लाग्दा गोरखा स्वारा घर भएका २५ वर्षिय सुरज गुरुङको मृत्यु भएको छ । आजियाटा (एनसेल) कम्पनीमा काम गर्ने गुरुङलाई पोलमा चढेर तार तान्ने क्रममा शुक्रबार राती ९ बजे करेन्ट लागेको हो । 
 
 
करेन्ट लागि घाईते भएका गुरुङलाई उपचारका लागि शिवदर्शन अस्पताल धार्के लैजाँदै गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानिखोला धादिङले जनाएको छ । गुरुङको शव अहिले काठमाण्डौँको ट्रमा सेन्टरमा पोष्टमार्टमको लागि  राखिएको छ ।