आइतबार कार्तिक ५ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

हाम्रो विकास बैंकको निशुल्क ‘भिडियो कल’ सुविधा

हाम्रो विकास बैंकको निशुल्क ‘भिडियो कल’ सुविधा

शुक्रबार असोज २० , २०७४

नुवाकोट असोज २०,नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको एक जिल्ले हाम्रो विकास बैंकले आफ्ना ग्राहकलाई निशुल्क ‘भिडियो कल’को सुविधा उपलब्ध गराउने भएको छ । बैंकले विदेशमा रहेका आफन्तसँग निःशुल्क ‘भिडियो कल’ गर्न सक्ने सुविधा उपलब्ध गराएको हो ।
 
 हाम्रो विकास बैंकले दुप्चेश्वर गाउँपालिकाको समुद्रटारमा ७ औं र मेघाङ गाउँपालिकाको देउरालीमा ८ औंं शाखा सञ्चालनमा ल्याएसँगै यो सुविधा उपलब्ध गराएको हो । नुवाकोटबाट बैदेशिक रोजगारमा जाने युवाहरूको संख्या धेरै भए पनि सहज इन्टरनेटको सहज पहुँचको व्यवस्था नहुँदा आफन्तहरुसँग धेरै परिवार अझैपनि भिडियो कल सेवाको पहुँच बाहिर रहेका छन् । यसै अवस्थालाई सम्बोधन गर्न बैंकले सेवाग्राहीलाई विदेशमा रहेका आफन्तसँग निःशुल्क भिडियो कल सुविधा सञ्चालनमा ल्याएको हो ।
 
दुई गाउँपालिकामा शाखा विस्तार गरेसँगै ग्रामीण जनताको आर्थिक स्तरको विकास र सर्वसाधारण जनताको बैंकमा पहुँच अभिवृद्धि हुने बैंकले जनाएको छ ।
दुई सय प्रतिशत हकप्रद विक्री गरेको बैंकको पूँजी भने हकप्रद जारीपछि राष्ट्र बैंकले तोके बमोजिम ५० करोड रुपैयाँ पुगिसकेको छ । बैंकले गत आवमा एक अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन तथा अर्ब २० करोड रुपैयाँ कर्जा परिचालनबाट रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
 
यसअघि बैंकका केन्द्रिय कार्यालय बट्टार, त्रिशूली, छहरे, रातमाटे, रानीपौवामा शाखा कार्यालय तथा सामरी एक्स्टेन्सन काउण्टरबाट ग्राहकमा बित्तिय सेवा प्रदान गर्दै आएको थियो ।