सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

आज विश्व हुलाक दिवस नेपालमा पनि मनाइँदै

आज विश्व हुलाक दिवस नेपालमा पनि मनाइँदै

सोमबार असोज २३ , २०७४

नुवाकोट असोज २३ ,आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक संघको स्थापना भएको दिन प्रत्येक बर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ ।
 
विश्वभर सञ्चार सम्पर्क गराई आपसी सम्बन्ध, भाइचारा र आथिर्क, सामाजिक विकासमा सहयोग पुर्याउने उद्देश्यले सन् १८७४ अक्टोबर ९ का दिन हुलाक स्थापना भएको थियो । त्यसैले आजको दिनलाई हुलाक प्रशासनमा विभिन्न कार्यक्रमका साथै विश्व हुलाक दिवसका रुपमा संसारभरि मनाउने गरिन्छ । नेपालले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक संघको सदस्यता पाएको हो ।
 
यद्दपी पछिल्लो समय विद्युतिय संचारका रुपमा रहेको मोबाइल फोन तथा इन्टरनेट सेवाको पहुँच बढ्दै गएपछि कुनै समय चिठी पत्र आदान प्रदानको एक मात्र माध्यमका रुपमा रहेको हुलाकको प्रयोग तथा महत्वमा कमी आउन थालेको देखिएको छ ।