आइतबार कार्तिक ५ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

नुवाकोटक शिवपुरी गाउँपालिका चिसापानीका अनन्तराम केसीले विश्व कीर्तिमान बनाए

नुवाकोटक शिवपुरी गाउँपालिका चिसापानीका अनन्तराम केसीले विश्व कीर्तिमान बनाए

सोमबार असोज २३ , २०७४

नुवाकोट असोज २३ ,लगातार ८० घण्टा ४ मिनेट भाषण गरी नुवाकोट शिवपुरी गाउँपालिका चिसापानीका अनन्तराम केसीले विश्व कीर्तिमान बनाउनुभएको छ ।
 
मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते विहान ६ बजेदेखि आईतवार  दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गर्नुभएको विश्व दर्शन अभियान नेपालका अध्यक्ष नारायणप्रसाद भट्टराईर्ले  जानकारी दिनुभयो । ८० घण्टा ४ मिनेटको भाषणको रेकर्ड गिनिज बुकमा पठाएर विश्वकीर्तिमानका लागि दावी गरिने भट्टराई जानकारी दिनुभयो । 
 
यसअघि भारतको गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राख्नुभएको छ । उहाँले विभिन्न ७५ शीर्षकमा भाषण दिनुभएको बताइएको छ । सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौँ विहानीको आयोजना तथा लियो क्लवलगायतका संस्थाको सहयोगमा उत्त कलेजमा आयोजना गरिएको कार्यक्रममा उहाँले ८४ घण्टा भाषण गर्ने योजना भएपनि  आईतवार दिउँसोसम्म ८० घण्टा ४ मिनेट मात्र भाषण गर्न उहाँ सफल हुनुभएको थियो ।
 
भाषणमा केसीले एक घण्टामा पाँच मिनट विश्राम गर्दै विभिन्न विषयमा प्रवचन दिनुभएको थियो । उहाँले दिनरात उभिएर र समय समयमा कुर्सीमा बसेर समेत भाषण गर्नुभएको हो ।