आइतबार कार्तिक ५ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

चिलिमे हाइड्रोपावरले २५ प्रतिशत बोनश दिने

चिलिमे हाइड्रोपावरले २५ प्रतिशत बोनश दिने

सोमबार असोज २३ , २०७४

नुवाकोट असोज २३, रसुवाका चिलिमे हाइड्रोपावरले आफना सेयर धनीहरुलाई १५ प्रतिशत  बोनस सेयर र १० प्रतिशत  नगद लाभांश दिने भएको छ । 
कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार लभांश दिने प्रस्ताव अब हुने २१ औं वार्षिक साधारण सभामा पेस गरिनेछ । चिलिमेले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९६ करोड ६३ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 
हाल यसको सेयर पुँजी ३ अर्ब ४४ करोड ७९ लाख २४ हजार रुपैयाँ छ । चिलिमेको रिजर्भ कोषमा ४ अर्ब ९३ करोड ५४ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ १४ पैसा छ ।