सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

आईटीएफ तेक्वान्दोमा नेपाल आर्मी पहिलो

आईटीएफ तेक्वान्दोमा नेपाल आर्मी पहिलो

आइतबार कार्तिक १९ , २०७४

नुवाकोट  कार्तिक १९, दुई दिनसम्म सञ्चालन भएको १७औँ सिनियर र १०औँ जुनियर राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपाल आर्मी क्लब पहिलो भएको छ ।
 बट्टार स्थित कर्भड हलमा शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको १६४ पदकमा नेपाल आर्मी ११ स्वर्ण, ६ रजत र तीन कास्य पदक जितेर पहिलो भएको हो ।दोश्रो भएको मध्यमाञ्चल समूहले आठ स्वर्ण, पाँच रजत र एक कास्य पदक जितेको छ भने तेश्रो भएको सशस्त्र प्रहरी बलले ६ स्वर्ण, सात रजत र ६ कास्य पदक जितेको छ । आयोजक नुवाकोट दुई रजत र आठ कास्य सहित दश पदकमा सातौ स्थानमा समेटिएको छ ।
प्रतियोगितामा उत्कृष्ठ खेलाडी सिनियर र जुनियर एंव महिला र पुरुष चारवटै बिधामा मध्यमाञ्चलले जितेको खेल व्यवस्थापन समितिका संयोजक बासुदेव भट्टले जानकारी दिनुभयो । सिनियरतर्फ सागर कुँवर र रञ्जु पुलामीमगर तथा जुनियर तर्फ युनिस गौतम र बिपना मगरले उत्कृष्ठ खेलाडीको पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा सहभागी आठ समूहका २०० खेलाडीले ४१ स्वर्ण, ४१ रजत र ८२ कास्य पदक गरी १ सय ६४ पदकको लागि प्रतिस्पर्धा गरेका थिए ।
नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ नुवाकोटको आयोजनामा भएको राष्ट्रियस्तरका सिनियर र जुनियर तर्फको खेलमा साविकको पाँच विकास क्षेत्र, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी र आयोजक नुवाकोट गरी आठ समूह सहभागी भएका थिए । प्रतियोगितमा पुरुष तर्फ २० केजीदेखि ८० केजीसम्मको विभिन्न तौल समूहका १३ जना र महिलातर्फ २१ केजीदेखि ७५ केजीसम्मका १२ जना गरी एक समूहबाट २५ जनाले सहभागिता जनाएका थिए । प्रतियोगिता एकल स्पायरिङ र एकल प्याट्रन गरी दुई विधामा सञ्चालन गरिएको आईटीएफ तेक्वान्दो नुवाकोटका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।