सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

नेपालकै होचा कलाकार शाहको निधन

नेपालकै होचा कलाकार शाहको निधन

बिहिबार कार्तिक ३० , २०७४

काठमाडौं कात्तिक ३०, नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । शाह केही दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएका थिए । शाहको उपचारको क्रममा बिहिबार बिहान ७ बजे निधन भएको हो ।

 

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका दिपेनले सारथी नामक चलचित्र बाट अभिनय यात्रा थालेका थिए । उनि हाँस्य चलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । ज्वरो आएपछि अस्पताल भर्ना भएका दिपेनको मृगौलामा समस्या देखिएको बताइएको छ ।

दोलखा घर भएका कलाकार शाहले गिनिज बुक वल्ड रेकर्डमा संसारकै होचो कलाकारको रुपमा  आफ्नो दावी पेश गरेका थिए । केही समय अघि निर्माण भएको होचापुड्का कलाकारहरु अभिनित चलचित्र ‘सारथी’ मार्फत अभिनय यात्रामा लागेका शाहले गिनिज बुक वल्ड रेकर्डमा संसारकै होचो कलाकारको रुपमा दावी गरेका थिए।