सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

नेपालद्धारा मलेसिया पराजित

नेपालद्धारा मलेसिया पराजित

शुक्रबार मङ्सिर ८ , २०७४

नुवाकोट मंसिर ९, थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । 
 
बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । 
 
 यसअघि नेपालले खेलेको तीन खेलमध्ये दुई खेल वर्षाले प्रभावित भएको थियो भने एक खेलमा पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित२० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । 
 
 जवाफी ब्याटिङमा उत्रिएको  मलेसिया २० ओभरमा सात विकेट गुमाउँदै ७५ रनमा समेटियो । जितसँगै चार खेल खेलेको नेपालको चार अंक छ । नेपालले थाइल्याण्ड र हङ्कङसँग वर्षाका कारण अंक  बाँडेको थियो भने संयुक्त अरब इमिरेट् (युएई) सँग पराजित भएको थियो ।