सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

यमनमा पहिलो पटक राहत सामग्री बोकेका साधनलाई प्रवेश दिइयो

यमनमा पहिलो पटक राहत सामग्री बोकेका साधनलाई प्रवेश दिइयो

सोमबार मङ्सिर ११ , २०७४

रासस मंसिर ११, लगातारको हिंसाबाट चरम भोकमरीमा परेको हिंसाग्रस्त मुलुक यमनमा पहिलो पटक राहत सामग्री बोकेका साधनलाई प्रवेश दिइएको छ ।
 
यमनविरुद्ध आक्रमण गरिरहेको साउदी अरब नेतृत्वको गठबन्धनले यमनका विद्रोही नियन्त्रित क्षेत्रमा राहत सामग्री बोकेका साधनलाई प्रवेश अनुमति दिएको हो ।अनुमति पाएलगत्तै संयुक्त राष्ट्रसंघले सहायता सामग्री पठाउन थालेको छ । राहत सामग्री यमनस्थित सलीफ बन्दरगाहमा पुगेका छन् ।
 
साउदीले लगाएको नाकाबन्दीका कारण लाखौं मानिस खानै नपाएर मृत्युसँग जुधिरहेका थिए । औषधि बोकेका विमान राजधानी सानामा उत्रेको छ । 
यसअघि राष्ट्रसंघले तत्काल मानवीय सहायता नपु¥याए लाखौं यमनी भोकमरीकै कारण अकालमा मर्ने चेतावनी दिएको थियो ।