सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

शीतकालमा बेइजिङको वायु प्रदुषणमा उल्लेखनीय कमी

शीतकालमा बेइजिङको वायु प्रदुषणमा उल्लेखनीय कमी

आइतबार मङ्सिर १७ , २०७४

चीन,  १७ मङसिर (रासस÷सिन्ह्वा) ः बेइजिङमा वायु प्रदुषणमा यस बर्षको शीतकालमा उल्लेखनीय रूपमा कमी आएको र चिनियाँ राजधानीले यस बर्षको वायु प्रदुषण नियन्त्रण लक्ष्यलाई हाँसिल गर्न सफल हुने देखिएको चिनको वातावरण मन्त्रालयले जनाएको छ । 


वातावरण संरक्षण मन्त्री ली गान्जियाले हुईझाउमा भएको वातावरणसम्वन्धि एक कार्यक्रमका सहभागीलाई भन्नुभयो, बेइजिङको वायुमा पाइने धुलोको कणको मापन २.५ तहमा आएको बताउनुभयो । यो गत बर्षको मार्चदेखि नोभेम्बरको समयको तुलनामा यस बर्षको सोही अवधिमा २७ प्रतिशत कमी हो । 
बेइजिङमा शीतकालिन महिनामा वायुप्रदुषणको मात्रामा नराम्ररी बढ्ने गर्दछ । 

सरकारले राजधानी लगायतका शहरमा वायुप्रदुषणको समस्या निकै सङ्कटोन्मुख दिशातर्फ जानथाले पछि यसको कारक मानिने कलकारखाना बन्द गर्ने तथा कोइलाको प्रयोगमा नियन्त्रण गर्ने लगायतका उपाय लिएको थियो । 

लीले चीनले वातावरणीय प्रदुषणमा विगत पाँच वर्षको समयमा अभूतपूर्व सफलता मिलेको बताउनुभयो ।