सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

आजबाट मतदाता परिचय पत्र वितरण शुरु

आजबाट मतदाता परिचय पत्र वितरण शुरु

मंगलबार मङ्सिर १९ , २०७४

नुवाकोट मंसिर १९, दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण आजबाट सुरु भएको छ ।
 
मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगका अनुसार आज र भोलि मतदाता परिचय पत्र वितरणको कार्यक्रम छ ।आफ्नो परिचयपत्र लिन आफूले भोट हाल्ने मतदान केन्द्रमा जानुपर्नेछ । आयोगका कर्मचारीहरुले परिचय पत्र वितरणसँगै मतदाता शिक्षा पनि दिनेछन् ।
 
परिचयपत्र लिन जाँदा आफ्नो परिचय खुल्ने कुनै सरकारी कागजात वा स्थानीय तह निर्वाचनको मतदाता परिचयपत्र देखाउनुपर्ने छ ।एउटै परिवारका सदस्यहरु लिन जान सम्भव नभए परिचय खुल्ने अन्य कुनै कागजात देखाएर आफ्नो घरका सदस्यको परिचय पत्र देखाएर ल्याउन सकिने आयोगले जनाएको छ ।