सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

मतपरिणामको पखाईमा नुवाकोटका मतदाता

मतपरिणामको पखाईमा नुवाकोटका मतदाता

बुधबार मङ्सिर २० , २०७४

नुवाकोट मंसिर २० , प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव भएको १० दिन बितिसक्दा पनि मतगणना नभएपछि  नुवाकोटका मतदातालाई मतपरिणाम कुर्न गाह्रो भएको छ । मतदाताहरु मतपरिणामको पर्खाईमा बसेका छन । मंसिर १० गते शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भए पनि लामो समयसम्म कुर्नुपर्दा उत्साह कम हुदै गएको विदुर नगरपालिका वडा नं ४ का मतदाता रमेश मगरले बताएउनुभयो  
कसले चुनाब जित्ला वा नतिजा कसको पक्षमा आउला, आफुले मतदान गरेको उम्मेदबारको अवस्था के होला भन्ने कौतुहलता बढ्दै गएको विदुर नगरपालिकाका वडा नं १० का रमेश प्याकुरेलले बताउनुभयो । 
चुनावमा मतदान गर्न कै लागि जिल्ला बाहिर र देश बाहिर रहेका मतदाता पनि आफ्नो कामलाई थाती राख्दै मतदानका लागि जिल्ला आएका थिए । मतपरिणाम ढिला सार्वजानिक हुँदा उनीहरुमा निराशा छाएको छ । केहि मतदाता भने नतिजा आउँदासम्म ढिला हुने भन्दै कर्मथलो लागीसकेका छन ।
पहिलो चरणमा निर्बाचन भएका सबै जिल्लाका राजनीतिक दलका नेता कार्यकर्ता, मतदाता सबै अहिले मतपरिणामको प्रतिक्षामा छन । उम्मेदबारहरुमात्रै हैन, उम्मेदवारलाई जिताउन लागी परेका कार्यकर्ता तत्कालै मतगणना नहुने भएकाले उत्साही देखीदैनन ।
 
‘यही हुन्छ भन्नै नसकिने भयो । चुनाव सकिएलगत्तै मतगणनामा जुन खालको उत्साह हुन्थ्यो, त्यो नभएको मतदाताहरुको भनाई छ ।
 
प्रदेश तथा प्रतिनिधि सभाको सांसद् बन्ने उम्मेदवारको भविष्य केही समय मतपेटिकाभित्र थुनिने भएपछि कार्यकर्ताहरुको उत्साह कम हुदै गएको छ । निर्वाचन सम्पन्न गराएर  मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र्पुयाइएका छन । आफ्नो दल आबद्ध उम्मेदबारले जितेमा बिजय भोज खाने र उत्सब मनाउने प्रतिक्षा गर्न गाह्रो भइरहेको कार्यकर्ताहरुको प्रतिक्रिया दिएका छन् ।