सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

भोलि साँझ पाँच बजेलगत्तै नुवाकोटमा मतगणना सुरु हुने निर्वाचन आयोगको भनाई

भोलि साँझ पाँच बजेलगत्तै नुवाकोटमा मतगणना सुरु हुने निर्वाचन आयोगको भनाई

बुधबार मङ्सिर २० , २०७४

मंसिर २०, पहिलो चरणमा मतदान भएको नुवाकोट रसुवा र धादिङ लगाएतका  जिल्लामा भोलि बेलुकी ५ बजेलगत्तै मंसिर १० गते भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना हुने भएको छ ।
 
दोस्रो चरणको मतदान सकिएपछि पहिलो चरणमा मतदान भएका नुवाकोट रसुवा लगाएतका ३२ वटै जिल्लामा एकैसाथ मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा मतदान भएका ३२ वटै जिल्लामा मतपेटिका संकलन भैसकेको र मतगणनाको लागि आवश्यक सबै तयारी पूरा भैसक्ने हुनाले मतगणनामा ढिलाई नहुने आयोगका प्रवक्ता नवराज ढकालले स्पष्ट पार्नुभयो ।
 
 
‘दोस्रो चरणका केही ठाउँमा बेलुकी ५ बजे मतदान सकिएन भनेपनि पहिलो चरणको चुनाव भएका जिल्लामा ५ बजेलगत्तै मतगणना सुरु गर्न पाइन्छ’ प्रवक्ता ढकालले बताउनुभयो । स्थानीय तह चुनावको तुलनामा यसपटक मतपत्र छोटो र सरल भएको मतगणना छिटो हुने तथा नतिजा पनि छिटै सकिने आयोगको विश्वास छ ।