सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

नेपालले युएइलाई दियो २ सय २२ रनको लक्ष्य

नेपालले युएइलाई दियो २ सय २२ रनको लक्ष्य

बुधबार मङ्सिर २० , २०७४

काठमाडौं, मंसिर २०–विश्व विक्रेट लिग च्याम्पियनसिपमा नेपालले युएइलाई २ सय २२ रनको लक्ष्य दिएको छ । 
युएईको अबुधावीमा टस हारेर व्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको हो ।

नेपालका लागि शरद भेषवाकरले अविजित ८१ रनको योगदान दिए । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्का र सोमपाल कामीले समान २०÷२०, दिलिप नाथले १६ तथा बसन्त रेग्मीले अविजित २० रनको योगदान दिए । २ सय २२ रनको लक्ष्य लिएर घरेलु टोली युएईले अहिले केहीबेरमा जवाफी व्याटिङ गर्दैछ ।

च्याम्पियनसिपको शिर्ष ४ टीममा पर्ने सम्भावना यसअघि नै सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन् । दुवै टीमले आजको खेललाई डिभिजन टूको तयारीका लागि महत्वपुर्ण हुने बताएका छन् ।