सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

बुथ क्याप्चर गर्न खोजेको आरोपमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

बुथ क्याप्चर गर्न खोजेको आरोपमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

बिहिबार मङ्सिर २१ , २०७४

भक्तपुर, मंसिर २१,भक्तपुरको क्षेत्र नं २ अन्तर्गत सूर्यवनायक नगरपालिका ३ बालकोटस्थित गणेश आधारभूत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । एकअर्काले बुथ क्याप्चर गर्न खोजेको भन्दै विवाद भएपछि दुई पक्षबीच झडप भएको हो ।

दुई पक्षबीच ढुंगा हानाहानसमेत भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार कांग्रेस र एमाले समर्थकहरुबीच ढुंगा हानाहान हुँदा सर्वसाधारणका घरका सिसा फुटेका छन् ।