मंगलबार माघ ९ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

हिमालयन बैंकले पुस २८ गते डाक्यो साधारणसभा

हिमालयन बैंकले पुस २८ गते डाक्यो साधारणसभा

शुक्रबार पौष ७ , २०७४

हिमालयन बैंकले पुस २८ गते २५ प्रतिशत बोनस सेयर वितरण गर्न २५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले कार्की व्याङ्क्वेट माइतीघरमा विहान ११ बजे साधारण सभा बोलाएको हो । साधारण सभाका लागि बैंकले पुस ११ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार पुस १० गतेसम्म कायम रहेका लगानीकर्ताले बोनस प्राप्त गर्न र साधारण सभामा सहभागि हुन पाउनेछन् । 
 
 साधारण सभाको मुख्य प्रस्तावहरुमा चुक्ता पूँजीको २५ प्रतिशतले हुने एक अर्ब ६२ करोड २९ लाख पाँच हजार ८७५ रुपैयाँको बोनस तथा १.३२ प्रतिशलले हुन आउने ८ करोड ५४ लाख १६ हजार ७८२ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । बोनसपछि बैंकको पूँजी आठ अर्ब ११ करोड रुपैयाँ कायम हुनेछ ।
 
त्यस्तै बैंकको प्रबन्धपत्र नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने, लेखापरिक्षक नियुक्ति, सामाजिक उत्वरदायित्व बहन गर्दा नाघेको सीमाभन्दा बढी रकम अनुमोदन गर्ने र वित्तीय विवरण छलफल गरि पारित गर्ने लगायतका मुख्य प्रस्ताव रहेका छन् ।
 
बैंकले सञ्चालक समितिको निर्वाचन सम्बन्धी भने कुनै एजेण्डा सभामा राखेको छैन । यसअघि बैंकमा चौथो ठुलो हिस्सा रहेको म्युचुुअल ट्रेडिङ्ग कम्पनी प्रालिले सिफारिस गरेको व्यक्तिलाई सञ्चालक नियुक्त गर्न बैंक सञ्चालक समितिले अस्वीकार गरेपछि म्युचुुअल ट्रेडिङ्गले उच्च अदालतमा मुद्धा दायर गरेको थियो ।
 
उच्च अदालत पाटनले सञ्चालक समितिमा म्युचुअल ट्रेडिङ्गको प्रतिनिधित्व नगराउनु पर्ने कुनै कारण नदेखिएको भन्दै साधारण सभाको प्रकृया अघि बढाउन भनेको थियो । साधारण सभामा अदालको निर्देशन अनुरुप म्युचुअल ट्रेडिङ्ग कम्पनीका तर्फबाट प्रसाद ज्ञवाली सञ्चालक नियुक्त गर्ने अपेक्षा गरिएपनि साधारण सभामा बैंकले सञ्चालक नियुक्तिको प्रस्ताव नै गरेको छैन ।