मंगलबार माघ ९ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

भूपि शेरचनको ८२ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

भूपि शेरचनको ८२ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

सोमबार पौष १० , २०७४

नुवाकोट पुस १०, आज साहित्यकार भूपि शेरचनको ८२ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । 
 
विसं १९९२ पुस १० मा मुस्ताङको दुप्चेमा जन्मनु भएका साहित्यकार शेरचन कालजयी रचनाका कारण लोकप्रिय हुनुहुन्छ । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ उहाँको चर्चित कृति हो । उहाँले गद्य कविता मात्र नभई गीत पनि लेख्नुभएको छ । ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’ बोलको गीत उहाँको निकै चर्चित गीत हो । 
 
प्रगतिवादी धारमा कविता लेख्ने भूपिको विसं २०४६ जेठ १ गते निधन भएको थियो । उहाँले साझा पुरस्कार, गोरखा दक्षिण बाहुपुरस्कार लगायतका प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु भएको छ ।