मंगलबार माघ ९ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

काठमाडौंदेखि बाघखोरसम्म वस सेवा सञ्चालनमा

काठमाडौंदेखि  बाघखोरसम्म वस सेवा सञ्चालनमा

सोमबार पौष १० , २०७४

नुवाकोट पुस १०, काठमाडौंदेखि बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोरसम्म वस सेवा सञ्चालनमा आएको छ । पासाङल्हामु यातायात सेवा समितिले काठमाडौं र बाघखोरबाट नियमित बस सेवा सञ्चालनमा ल्याएको हो । 
 
बससेवा सञ्चालनमा आएपछि बेलकोटगढी नगरपालिकाका बासिन्दाहरुलाई यात्रुवाहक बसको सहजता थपिएको छ । काठमाडौंबाट विहान १० बजे बाघखोरका लागि छुट्ने र बाघखोरबाट विहान ८ बजे काठमाडौंका लागि बस छुट्ने व्यवस्था मिलाइएको पासाङल्हामु यातायात सेवा समितिले जनाएको छ । 
 
 
नियमित बस सेवा सञ्चालनमा आएसँगै वडा नं. १०, ९, ६, ४  र ३ नं. वडावासीले यातायातको सहज पहुँच पुगेको छ भने यहाँ नगरपालिकाको कामका लागि केन्द्र पुग्ने सर्वसाधारणलाई समेत सुविधा पुगेको छ ।