मंगलबार माघ ९ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

राप्रपा राष्ट्रवादी रणनीतिक छलफलमा

राप्रपा राष्ट्रवादी रणनीतिक छलफलमा

मंगलबार पौष ११ , २०७४

नुवाकोट पुस ११, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को उच्चस्तरीय केन्द्रीय कार्य सम्पादन समिति आज पनि बस्दैछ । 
 
बैठकमा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । केन्द्रीय कार्यालयमा शुरु भएको उक्त बैठकमा अध्यक्ष लोहनीले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीको वैचारिक दृष्टिकोणलाई कायम राख्दै अब पार्टीले देशभर संगठन सुदृढीकरणमा निर्वाह गर्नुपर्ने भूमिकाबारे उल्लेख गरिएको छ । समितिका पदाधिकारी तथा सदस्यले अध्यक्षको प्रतिवेदनमा धारणा राख्ने कार्य जारी रहेको छ । बैठक केहीबेरमा काठमाण्डुमा बस्नेछ । 
 
१७ सदस्यीय समितिका अधिकांश सदस्यले मुलुकमा विकास भएको राजनीतिक अवस्था, पार्टीले चुनावमा व्यहोर्नु परेको पराजयबारे समीक्षा गर्ने, धारणा राख्ने र भावी रणनीति तय गर्ने योजना रहेको राप्रपा राष्ट्रवादीले जनाएको छ ।