सुमन र बर्षा मिष्टर एण्ड मिस जनजाती नेपाल

यस बर्षको मिष्टर जनजाती नेपाल २०१८ को उपाधि दाङ्गका सुमन श्रेष्ठ र भैरहवाकी बर्षा आले मगरले जितेका छन् । सुमनले उपाधिसंगै बेष्ट फोटोजेनिक अवार्ड पनि जित्न सफल भएका छन् । उपाधि संगै सुमन र बर्षा शक्ति इन्टेल एजुकेशन कन्सल्टेन्सिका ब्राण्ड एम्वेसडर घोषित भएका छन् ।

 

प्रतियोगितामा फष्ट रनर अप चितवनका अमन तामाङ्ग र एसोधा थापा मगर भएका छन् । अमनले फष्ट रनर अपसंगै बेष्ट वाक अर्वाड पनि जितेका छन् । अमन र एसोधालाइ उपाधिसंगै बाप्पा मल्टिमिडिया प्रा.लिको ब्राण्ड एम्वेसडर घोष्ति गरिएको छ । प्रतियोगितामा रुपन्देहिका प्रविन कुमाल र पाल्पाकी सुस्मिता थापा सेकेण्ड रनर अप भएका छन् । सुस्मिताले बेष्ट पर्सनालिटी अर्वाड पनि जितेकी छिन् ।

 

सुस्मिता र प्रविन चित्रकथा बुटिक एण्ड टे«निङ्ग सेण्टरका ब्राण्ड एम्वेसडर घोषित भएका छन् । मञ्जरी ग्रुपले आयोजना गरेको प्रतियोगितामा आदिवासी जनजाती महिला महासंघ केन्द्रिय अध्यक्ष चिनिमाया माझिले प्रमुख निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो । देशभरका पोखरा,बुटवल , काठमाडौ र चितवनमा अडिसन लिए पछि चितवनमा अन्तिम प्रतियोगिता गरिएको थियो ।

प्रतिकृया दिनुहोस

पूर्व ‘मिस नेपाल’ निकिता फिल्ममा

  पछिल्लो समय मिस नेपालहरुको फिल्मी मोह खुब बढेको छ । तर, प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान,

‘डामाडोल’ फिल्ममा निश्चलको जोडी स्वस्तिमा

  यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’ टिम फेरि नयाँ फिल्म निर्माणमा जुटेको छ । ‘डामाडोल’ नाम राखिएको फिल्ममा ‘दुई रुपैयाँ’ कै

‘नाईं नभन्नु ल ५’ मा केकीको विशेष भूमिकामा इन्ट्री

    नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नु ल’ श्रृंखलाको पाँचौं फिल्म ‘नाईं नभन्नु ल ५’ को शनिवार शुभारम्भ पूजा