व्यापार घाटा ६ खर्ब, गत वर्षभन्दा १८ प्रतिशत वृद्धि

 

दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशाजनक निर्यातले वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्ब पुगेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि माघसम्म १ सय ४२ मुलुकबाट ६ खर्ब ५७ अर्ब ६१ करोड ८५ लाख ५१ हजार रुपैयाँका सामग्री आयात गरियो । निर्यात भने ४७ अर्ब ६२ करोड २१ लाख ७८ हजार रुपैयाँको मात्रै भएको छ । 

 

निर्यात १३ प्रतिशतले वृद्धि भएको छ भने आयात १८ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार सरकारका निर्यात वृद्धिका प्रयासले सार्थकता पाउन सकेका छैनन्, मुलुक आयातमुखी बन्दै गइरहेको छ । स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम नगरिनु, उत्पादन भएका सामग्री निर्यात हुन नसक्नु र आयातित सामग्रीमा परनिर्भरता बढिरहनुले बर्से्नि व्यापार घाटा चुलिँदै गएको हो । सात महिनामा सबैभन्दा बढी ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको इन्धन आयात भएको छ । 

प्रतिकृया दिनुहोस

रसुवागढी र सान्जेन जलविद्युतको साधारण सेयर बाँडफाँड आज

सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रो पावर लिमिटेडले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक तथा ऋणदाता संस्थाका कर्मचारीका लागि आज साधारण

विद्युत प्राधिकरणको बक्यौता महसुल करिब पाँच अर्ब रुपैयाँ पुगेको

महसुल नतिर्ने ठूला ग्राहकहरूमध्ये स्थानीय तहहरू प्रमुख रहेको बताउँदै उसले वर्षौँ यता उठ्न नसकेका महसुल उठाउन ताकेता गरिएको जनाएको छ।  तर काठमाण्डू

विश्वका पहिलो धनी बने जेफ बेजोस

  संसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्‍वकै धनी व्‍यक्ति बनेका छन्।अमेरिकी आइटी अनलाइन ब्लुमबर्गले गरेको