पाँचथरमा चौरी महोत्सव हुने

       

दुर्लभ बन्दै गएको चौरीपालन व्यवसाय प्रवद्र्धनका लागि पाँचथरको सीमावर्ती फालेलुङ गाउँपालिकाको प्राङवुङमा चौरी महोत्सव हुने भएको छ। जिल्लाको साविक प्राङवुङ, सिदिन र मेमेङ गाविसका चौरी पालक कृषकको अगुवाइमा वैशाख १ गतेबाट महोत्सव आयोजना गरिने मूल आयोजक समितिका अध्यक्ष डिल्लीअन्जुम केरुङले जानकारी दिए। चौरी महोत्सवमा नेपाल, भारत र भूटानबाट समेत गरी ५०० भन्दा बढी चौरीको प्रदर्शनी, याक राइडिङ, चौरी जन्य उत्पादनको प्रदर्शनी तथा बिक्रीसमेत गरिने आयोजकहरुले बताएका छन्।

 

चौरी महोत्सवमा १० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ। महोत्वमा नेपाल, भारत र भूटानबाट समेत ठूलो संख्यामा अवलोकनकर्ता आउने र नेपालको उच्च भूभागमा पालिँदै आएका चौरीका विभिन्न प्रकारका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन समेत महोत्सवले सघाउने आयोजकको दाबी छ।

 

- रासस

प्रतिकृया दिनुहोस

टनेलभित्र बेमौसमी तरकारीको खेती

धादिङ   थाक्रे गाउँपालिका ६, रानीबारीका एकबहादुर कार्कीले बारीभरी तरकारी लगाएका छन्। उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन्। प्लास्टिक हाउस

दुई कट्ठाको तरकारीले दुई लाख

उर्लाबारी दुई कट्ठा करेसा बारीमा तरकारी खेती गरेर वार्षिक दुई लाख रुपियाँ कमाइ भएको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर मोरङको उर्लाबारी–२ सानो

झापामा आलुको मूलबीउ उत्पादन सुरु

प्रदेश १ लाई आलु उत्पादनमा आत्मनिर्भर बनाउन झापाको ग्रामीण क्षेत्रबाट उन्नत प्रकारको मूलबीउ तथा बेर्ना उत्पादन थालिएको छ । जैविक प्राविधिकहरूले