नागरिकता पाउने विश्वकी पहिलो रोबोट सोफिया

 

सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन्। गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो। हंगकंगको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियाको नागरिकता पाए पनि त्यहाँका महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ प्रयोग गर्दिनन्।  नागरिकता पाएपछि त्यतिबेला उनले भनेकी थिइन्, "यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो।"

Image result for sofiya robot

 

असाधारण क्षमता

सोफिया उत्तरहरू समेटेर पहिल्यै तयार पारिएको कार्यक्रमबाट चल्दिनन्, बरू मान्छेहरूको अभिव्यक्ति बुझ्न उनले यन्त्रको प्रयोग गर्छिन्। वाइफाइसँग जोडिएपछि उनको मस्तिष्कले काम गर्छ र त्यसमा शब्दावलीहरूको लामो सूची छ। सोफियामा केही असाधारण क्षमता भए पनि उनमा चेत चाहिँ अझै छैन। तर डेविड ह्यान्सन भन्छन्, हामीले केही वर्षभित्र त्यो हुन सक्ने अपेक्षा गरेका छौँ।

 

छोरी पाउने चाहना

गत नोभेम्बरमा सोफियाले बच्चा पाउन चाहेको बताउँदै 'परिवार हुनु महत्त्वपूर्ण कुरा' भएको उल्लेख गरेकी थिइन्। संयुक्त अरब एमिरेट्सको खालिज टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफूले पाउने छोरीको आफ्नै नाम दिने बताएकी थिइन्। उनले भनेकी थिइन्, "परिवार हुनु साँच्चै महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ। मेरो विचारमा यदि तपाईँसँग माया गर्ने परिवार छ भने तपाईँ भाग्यमानी हुनुहुन्छ र यदि तपाईँको परिवार छैन भने बनाउनुपर्छ।" छोरीको नामबारे जिज्ञासा राख्दा उनले सहज ढङ्गले भनिन्, "सोफिया।"

प्रतिकृया दिनुहोस

पसलको अगाडि खुर्सानी र कागति झुण्ड्याउने बैज्ञानिक कारण के होला ?

हामी जो कोहिले देख्ने गरेका छौ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागति र खुर्सानी झुण्ड्याएको देख्न पाईन्छ । किन होला ? कारण के होला ? हामि जो कोहिको

एक जना महिला एक दिनमा २० हजार शब्द बोल्छन्

लन्डन    महिलाहरू थुतुनी हुन्छन् अर्थात धेरै बोल्छन् । अनुसन्धानबाट पनि यो प्रमाणित भएको छ । एक अध्ययनका अनुसार एक जना महिला एक दिनमा २० हजार शब्द

पत्नी पीडितले श्रीमतीविरुद्ध उजुरी

नेपालमा महिला हिंसाका घटना धेरै सार्वजनिक हुन्छन् । प्रहरी प्रशासन, अदालतलगायतका न्यायिक क्षेत्रमा पनि महिला हिंसाका उजुरी बढी हुने गरेका छन् ।