रिलिज नहुँदै काठमाडौंको हलमा ‘शत्रुगते’ हाउसफूल

काठमाडौं 

प्रतिक्षित फिल्म ’शत्रु गते’ आज शुक्रबार रिलिज हुँदैछ । फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्समा धमाधम टिकट बुकिङ भैरहेको छ । सार्वजनिक गीत तथा ट्रेलरको कारण प्रतिक्षित बनेको फिल्मलाई हेर्न दर्शकले चासो देखाएका छन् । फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो , बिग मुभिजमा ९ शो , एफक्युबमा ८ शो , सिने डी सेफमा १० शो , बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ । यससँगै फिल्म राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ ।

 

फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।  यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरि पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

प्रतिकृया दिनुहोस

पूर्व ‘मिस नेपाल’ निकिता फिल्ममा

  पछिल्लो समय मिस नेपालहरुको फिल्मी मोह खुब बढेको छ । तर, प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान,

‘डामाडोल’ फिल्ममा निश्चलको जोडी स्वस्तिमा

  यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’ टिम फेरि नयाँ फिल्म निर्माणमा जुटेको छ । ‘डामाडोल’ नाम राखिएको फिल्ममा ‘दुई रुपैयाँ’ कै

‘नाईं नभन्नु ल ५’ मा केकीको विशेष भूमिकामा इन्ट्री

    नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नु ल’ श्रृंखलाको पाँचौं फिल्म ‘नाईं नभन्नु ल ५’ को शनिवार शुभारम्भ पूजा