विश्वका पहिलो धनी बने जेफ बेजोस

 

संसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्‍वकै धनी व्‍यक्ति बनेका छन्।अमेरिकी आइटी अनलाइन ब्लुमबर्गले गरेको सर्वेक्षणमा सिइओ बेजोसको कम्पनी अमेजनले शुक्रबार मात्रै १३ प्रतिशत कमाएपछि उनी विश्‍वकै धनी व्‍यक्तिमा सूचीकृत भएका हुन्।योसँगै यसअघि विश्‍वकै धनी व्यक्तिमा सूचीकृत माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई नम्बरमा पुगेका छन्। शुक्रबार अमेजनले ७ अर्ब डलरको कारोबार गरेको थियो जसका कारण उसको सेयर मूल्‍य १ हजार ५७ डलर पुगेको थियो।

 

अब बेजोसको सम्‍पत्ति ९३ अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ। यता, बिल गेट्सको कुल सम्पत्ति ८८ अर्ब ७ करोड अमेरिकी डलर रहेको छ। बेजोस गत जुलाइमा एक दिन बिल गेट्सलाई पछी पार्दै विश्वको सबैभन्दा धनी मानिस बनेका थिए । बेजोसको यस बर्षमात्र १० अर्ब २० करोड डलर सम्पत्ती थपिएको छ।

 

विश्वका शीर्ष १० धनीहरु

          

 

यस्तै वारेन्ट बफेट विश्‍वको तेस्रो धनी व्‍यक्तिको सूचीमा परेका छन्। उसको कुल सम्‍पत्ति ८१ अर्ब अमेरिकी डलर रहेको छ भने चौथो नम्बरमा परेका अमानसियो ओर्टेगाको कुल सम्पत्ति ७७ अर्ब २ करोड अमेरिकी डलर रहेको छ। यस्तै फेसबुकका सीइओ मार्क जुकरवर्ग पाँचौ नम्बरमा छन्। जुकरवर्गको कुल सम्पत्ति ७५ अर्ब ४ करोड अमेरिकी डलर रहेको छ।

-एजेन्सी

 

प्रतिकृया दिनुहोस

रसुवागढी र सान्जेन जलविद्युतको साधारण सेयर बाँडफाँड आज

सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रो पावर लिमिटेडले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक तथा ऋणदाता संस्थाका कर्मचारीका लागि आज साधारण

विद्युत प्राधिकरणको बक्यौता महसुल करिब पाँच अर्ब रुपैयाँ पुगेको

महसुल नतिर्ने ठूला ग्राहकहरूमध्ये स्थानीय तहहरू प्रमुख रहेको बताउँदै उसले वर्षौँ यता उठ्न नसकेका महसुल उठाउन ताकेता गरिएको जनाएको छ।  तर काठमाण्डू

बजेट पढ्दै प्रदेश अर्थमन्त्री

  अहिलेसम्म प्रदेशको आम्दानी शून्यजस्तै छ । त्यसैले केन्द्र सरकारले दिएको एक अर्ब दुई करोड पाँच लाख अनुदानकै आधारमा आर्थिक मामिला तथा